६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कप्तान केनको शतकमा न्युजिल्यान्डको जित, दक्षिण अफ्रिकाको चौथो हार



अ+ अ-

काठमाडौं । विश्वकप क्रिकेटमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई चार विकेटले पराजित गरेको छ ।

बर्मिङघममा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई सहजरुपमा पराजित गरेको हो । यो हारसँगै दक्षिण अफ्रिकाको विश्वकपको सेमिफाइनल पुग्ने सम्भावना भने लगभग सकिएको छ । तर अंक गणितीय हिसाबले दक्षिण अफ्रिकाको अझै झिनो सम्भावना छ ।
२४२ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको न्युजिल्यान्डले ४८।३ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेटायो । पानीको कारण ४९ ओभरमा छोट्याएको खेलमा न्युजिल्यान्डका लागि नायक बने कप्तान केन विलियम्सन । उनकै शतकमा न्युजिल्यान्डले जितेको हो । उनले १३८ बलमा ९ चौका र एक छक्का प्रहार गर्दै अविजित १०६ रन बनाए । त्यस्तै, कोलिन डे ग्रान्डहोमले ६० रनको योगदान दिए ।

बलिङतर्फ क्रिस मोरिसले तीन विकेट लिए पनि दक्षिण अफ्रिकालाई हारबाट जोगाउन सकेनन् ।

यसअधि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४९ ओभरमा ६ विकेटको क्षतिमा २४१ रन बनाएको थियो । दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई २४२ रनको लक्ष्य दिएको थियो ।

दक्षिण अफ्रिकाका लागि भान डेर डुसनले नटआउट ६७ रनको योगदान दिए। उनले ६४ बलमा २ चौका र ३ छक्का हिर्काए।

ओपनर हसिम अमलाले ५५ रन बटुले। उनले ८३ बलमा ४ चौका हिर्काए। अर्का ओपनर क्वान्टन डे कक ५ रनमै आउट भएका थिए। फाप डु प्लेसिस २३ रनमा आउट हुँदा एडिन मर्क्रमले ३८ रन जोडे। डेभिड मिल्नरले ३६ रन जोडे।

बलिङमा न्युजिल्यान्डका लकी फर्ग्युसनले ३ विकेट लिए। ट्रेन्ट बोल्ड, कोलिन डे ग्रान्डहोप र मिचेल सान्टनरले समान १–१ विकेट लिए।