१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

कप्तान केनको शतकमा न्युजिल्यान्डको जित, दक्षिण अफ्रिकाको चौथो हार



अ+ अ-

काठमाडौं । विश्वकप क्रिकेटमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई चार विकेटले पराजित गरेको छ ।

बर्मिङघममा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई सहजरुपमा पराजित गरेको हो । यो हारसँगै दक्षिण अफ्रिकाको विश्वकपको सेमिफाइनल पुग्ने सम्भावना भने लगभग सकिएको छ । तर अंक गणितीय हिसाबले दक्षिण अफ्रिकाको अझै झिनो सम्भावना छ ।
२४२ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको न्युजिल्यान्डले ४८।३ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेटायो । पानीको कारण ४९ ओभरमा छोट्याएको खेलमा न्युजिल्यान्डका लागि नायक बने कप्तान केन विलियम्सन । उनकै शतकमा न्युजिल्यान्डले जितेको हो । उनले १३८ बलमा ९ चौका र एक छक्का प्रहार गर्दै अविजित १०६ रन बनाए । त्यस्तै, कोलिन डे ग्रान्डहोमले ६० रनको योगदान दिए ।

बलिङतर्फ क्रिस मोरिसले तीन विकेट लिए पनि दक्षिण अफ्रिकालाई हारबाट जोगाउन सकेनन् ।

यसअधि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४९ ओभरमा ६ विकेटको क्षतिमा २४१ रन बनाएको थियो । दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई २४२ रनको लक्ष्य दिएको थियो ।

दक्षिण अफ्रिकाका लागि भान डेर डुसनले नटआउट ६७ रनको योगदान दिए। उनले ६४ बलमा २ चौका र ३ छक्का हिर्काए।

ओपनर हसिम अमलाले ५५ रन बटुले। उनले ८३ बलमा ४ चौका हिर्काए। अर्का ओपनर क्वान्टन डे कक ५ रनमै आउट भएका थिए। फाप डु प्लेसिस २३ रनमा आउट हुँदा एडिन मर्क्रमले ३८ रन जोडे। डेभिड मिल्नरले ३६ रन जोडे।

बलिङमा न्युजिल्यान्डका लकी फर्ग्युसनले ३ विकेट लिए। ट्रेन्ट बोल्ड, कोलिन डे ग्रान्डहोप र मिचेल सान्टनरले समान १–१ विकेट लिए।