७ पुष २०८२, सोमबार
,
Latest
बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा ‘चियाको चुस्कीभन्दा चुनावी गफ मिठा’ सामुदायिक वनका उपभोक्ताहरुलाई आगो निभाउने सामग्री हामी आलोचनाको पात्र बनेका छौँ, तर देशका लागि सहन र भोग्न तयार छौँ: प्रधानमन्त्री कार्की यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली
तपाईं के खोज्दै हुनुहुन्छ ?

कप्तान केनको शतकमा न्युजिल्यान्डको जित, दक्षिण अफ्रिकाको चौथो हार



अ+ अ-

काठमाडौं । विश्वकप क्रिकेटमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई चार विकेटले पराजित गरेको छ ।

बर्मिङघममा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई सहजरुपमा पराजित गरेको हो । यो हारसँगै दक्षिण अफ्रिकाको विश्वकपको सेमिफाइनल पुग्ने सम्भावना भने लगभग सकिएको छ । तर अंक गणितीय हिसाबले दक्षिण अफ्रिकाको अझै झिनो सम्भावना छ ।
२४२ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको न्युजिल्यान्डले ४८।३ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेटायो । पानीको कारण ४९ ओभरमा छोट्याएको खेलमा न्युजिल्यान्डका लागि नायक बने कप्तान केन विलियम्सन । उनकै शतकमा न्युजिल्यान्डले जितेको हो । उनले १३८ बलमा ९ चौका र एक छक्का प्रहार गर्दै अविजित १०६ रन बनाए । त्यस्तै, कोलिन डे ग्रान्डहोमले ६० रनको योगदान दिए ।

बलिङतर्फ क्रिस मोरिसले तीन विकेट लिए पनि दक्षिण अफ्रिकालाई हारबाट जोगाउन सकेनन् ।

यसअधि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४९ ओभरमा ६ विकेटको क्षतिमा २४१ रन बनाएको थियो । दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई २४२ रनको लक्ष्य दिएको थियो ।

दक्षिण अफ्रिकाका लागि भान डेर डुसनले नटआउट ६७ रनको योगदान दिए। उनले ६४ बलमा २ चौका र ३ छक्का हिर्काए।

ओपनर हसिम अमलाले ५५ रन बटुले। उनले ८३ बलमा ४ चौका हिर्काए। अर्का ओपनर क्वान्टन डे कक ५ रनमै आउट भएका थिए। फाप डु प्लेसिस २३ रनमा आउट हुँदा एडिन मर्क्रमले ३८ रन जोडे। डेभिड मिल्नरले ३६ रन जोडे।

बलिङमा न्युजिल्यान्डका लकी फर्ग्युसनले ३ विकेट लिए। ट्रेन्ट बोल्ड, कोलिन डे ग्रान्डहोप र मिचेल सान्टनरले समान १–१ विकेट लिए।