१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा अमेरिका : कोलम्बिया क्वाटरफाइनलमा प्रवेश, कतार दोस्रो खेलमा पराजित



अ+ अ-

काठमाडौं । कोपा अमेरिका –२०१९ मा आमन्त्रित टोलीका रूपमा सहभागी कतारलाई कोलम्बियाले पराजित गरेको छ।

समुह बी अन्तर्गत बिहिबार बिहान खेलमा कतार १–० ले पराजित भएको हो। कोलम्बियाको जितमा एकमात्र गोल डुवान जापाताले गरेका थिए।

पहिलो हाफ बराबरी खेलको कतारले दोस्रो हाफको ८६ औं मिनेटमा गोल खाएको थियो । खेलको ८६ औं मिनेटमा डुवान जापाताले एक गोल गर्दै खेलमा १–० को अग्रता कायम गरेको थियो । बाँकी समयका कुनै पनि गोल नहुँदा कोलम्बियाले अकं तालिकामा ३ अकं जोड्यो ।

विजयी भएको कोलम्बियाको २ खेलबाट २ जितसँगै ६ अकं सहित अकं तालिकाको पहिलो स्थानमा रहेको छ । पराजित कतार भने एक बराबरी र एक हारसँगै अकं तालिकाको दोस्रो स्थानमा रहेको छ ।

यसअधि कोलम्बियाले अर्जेन्टिनालाई २–० ले पराजित गरेको थियो भने कतार पराग्वेसँग २–२ को बराबरीमा रोकिएको थियो । जितसँगै कोलम्बिया क्वाटरफाइनल पुग्ने पहिलो टोली बनेको छ।