७ पुष २०८२, सोमबार
,
Latest
बंगलादेशलाई हेरौँ। मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा ‘चियाको चुस्कीभन्दा चुनावी गफ मिठा’ सामुदायिक वनका उपभोक्ताहरुलाई आगो निभाउने सामग्री हामी आलोचनाको पात्र बनेका छौँ, तर देशका लागि सहन र भोग्न तयार छौँ: प्रधानमन्त्री कार्की यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा अमेरिका : कोलम्बिया क्वाटरफाइनलमा प्रवेश, कतार दोस्रो खेलमा पराजित



अ+ अ-

काठमाडौं । कोपा अमेरिका –२०१९ मा आमन्त्रित टोलीका रूपमा सहभागी कतारलाई कोलम्बियाले पराजित गरेको छ।

समुह बी अन्तर्गत बिहिबार बिहान खेलमा कतार १–० ले पराजित भएको हो। कोलम्बियाको जितमा एकमात्र गोल डुवान जापाताले गरेका थिए।

पहिलो हाफ बराबरी खेलको कतारले दोस्रो हाफको ८६ औं मिनेटमा गोल खाएको थियो । खेलको ८६ औं मिनेटमा डुवान जापाताले एक गोल गर्दै खेलमा १–० को अग्रता कायम गरेको थियो । बाँकी समयका कुनै पनि गोल नहुँदा कोलम्बियाले अकं तालिकामा ३ अकं जोड्यो ।

विजयी भएको कोलम्बियाको २ खेलबाट २ जितसँगै ६ अकं सहित अकं तालिकाको पहिलो स्थानमा रहेको छ । पराजित कतार भने एक बराबरी र एक हारसँगै अकं तालिकाको दोस्रो स्थानमा रहेको छ ।

यसअधि कोलम्बियाले अर्जेन्टिनालाई २–० ले पराजित गरेको थियो भने कतार पराग्वेसँग २–२ को बराबरीमा रोकिएको थियो । जितसँगै कोलम्बिया क्वाटरफाइनल पुग्ने पहिलो टोली बनेको छ।