१३ असार २०८३, शनिबार
,
Latest
छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस सभापतिमा प्रकाशमान सिंहको उम्मेदवारी घोषणा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४ औँ महाधिवेशनका लागि सभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

शनिवार उम्मेदवारी घोषणा सभा तथा अवधारणापत्र सार्वजनिक गर्दै नेता सिंहले कांग्रेस सभापतिका लागि उम्मेदवारी घोषणा गर्नुभएको हो । उम्मेदवारी घोषणा गर्दै सिंहले १३ औँ महाधिवेशनबाट निर्वाचित पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो कार्यकालभरी पार्टीको विधान अनुसार गर्नुपर्ने न्यूनतम काम समेत गर्न नसकेको बताउनुभयो । 

यस अवधिमा पार्टीले गति लिन नसकेको भन्दै उहाँले पार्टीलाई गतिशिल बनाउनका लागि नेतृत्व परिवर्तनको आवश्यकता भएकाले आफु सभापतिको उम्मेदवार बनेको बताउनुभयो । पार्टी भित्रको नेता, कार्यकर्तामाथि भइरहेको अन्याय समाप्त पार्नका लागि सभापतिमा आफ्नो उम्मेदवारी भएको उहाँको भनाई छ । संस्थापन इतर समुहको साझा उम्मेदवार बनाउन आफुले खवरोध गरेको भन्ने दुष्प्रचार भइरहेको भन्दै उहाँले आफुले कुनै अवरोध खडा नगरेको स्पष्ट पार्नुभयो । बहुदलपछि पार्टीका शिर्ष नेताहरुले नेतृत्व गरीसकेको र काम हेरिसकेकाले शिर्ष नेताहरुले विश्राम लिनुपर्ने उहाँले बताउनुभयो । आफू सभापति भएमा पार्टीका हरेक निर्णयमा सबैलाई समावेश गराई साँचो अर्थमा पार्टीलाई प्रजान्त्रिक रुपमा परिणत गर्ने नेता सिंहले बताउनुभयो । 

उहाँले भन्नुभयो – ‘मैले १३ औँ महाधिवेशन सकिइसकेपछि केन्द्रीय नेतृत्व परिवर्तन हुनुपर्छ भनेर मैले बोल्दै आएको । तर अहिले आएर जसरी १३ औँ महाधिवेशनमा म पार्टी सभापति हुन्छु भनेर अगाडी बढ्दाखेरी जसरी मलाई स्टेप डाउन गरायो । अहिले यो १४ औँ महाधिवेशनमा पनि त्यही । जुन हाम्रो विचारसमुह छ त्यो विचार समुहमा पनि त न्याय हुनुप¥यो नि त । अन्याय ग¥यो भने मैले मान्नुपर्ने ? दुष्प्रचार के गरिराखेको छ भन्दाखेरी त्यो विचार समुहको साझा उम्मेदवार बनाउनेमा प्रकाश मान सिंहले अवरोध खडा ग¥यो भनेर भन्छ । मैले के को अवरोध खडा गर्ने ? मैले त सबै ठाउँमा भन्दै आइरहेको छु १३ औँ महाधिवेशन पछि जनताको चाहाना केन्द्रीय नेतृत्वको परिवर्तन हुनुपर्छ भनेर मैले बोलेको छु । हाम्रा सिनियर लिडरहरुले विश्राम लिनुपर्छ ।

उहाँहरुले बहुदलीय व्यवस्था आएदेखि नै नेपाली कांग्रेसको नेतृत्वदायी भुमिका अहिले हाम्रै सिनियर लिडरहरुले गरिरहेको छ नि त । तर उहाँहरुले के परफर्म गर्न सक्नुभयो ? अब अभिभारा हामीलाई दिनुस् भनेर हामी अगाडी बढिरहेका छौँ । नेपाली कांग्रेसको सिनियरीटीमा अनुभवलाई ख्यालै नगरीकन कसैको हाहामा लागेर मैले उम्मेदवारी नदिने भन्ने त कुरै आउँदैन । म एकदम क्लियर छु, यो पार्टी भित्र जुन अन्याय भइरहेको छ आम नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई, त्यसलाई समाप्त गर्नका लागि मेरो उम्मेदवारीको घोषणा हो । विधिसम्मत् र नियमसम्म्त तवरले हरेक निर्णय गर्दाखेरी ज–जसलाई प्रक्रियामा समावेश गर्नुपर्ने हो, सबैलाई समावेश गरेर म डिसिजन लिएर यो पार्टीलाई ट्रुली डेमोक्रेटिक पार्टीको रुपमा, गतिशिल पार्टीको रुपमा यो पार्टीलाई परिणत गर्नको लागि मेरो उम्मेदवारी मैले दिइरहेको छु ।’

प्रकाशमान सिंहको प्यानलबाट नेपाली कांग्रेसकी नेतृ सुजाता कोईराला उपसभापतिमा उठ्ने घोषणा गरिएको छ । सिंहको प्यानलबाट अन्य नेताहरुलाई पनि उठाउने सम्बन्धमा छलफल चलिरहेकाले देशभरका मानिसहरुको प्रतिनिधित्व हुनेगरी प्यानल बनाइने बताइएको छ ।