![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
![](https://newspolar.com/wp-content/uploads/2018/12/aago.jpg)
बुटवल । रुपन्देहीको सैनामैनामा घरायसी विवादका कारण परिवारकै सदस्यले घरमा आगजनी गरेका छन् ।
सैनामैना १ की कुन्तादेवी घिमिरेको घरमा उनका माइलो छोरा २७ वर्षीय माधव घिमिरेले आगजनी गरेका हुन् । आगजनीबाट माटोको पर्खाल र टिनले छाएको एकतले घर र घरमा रहेका नगद, गरगहना, खाद्यान्न जलेर नष्ट भएका छन् ।
माईला छोरा माधवले आमा र दाजु भाउजु बस्ने टिनले छाएको माटाको एक तले घर घरयासी रिसइवीका कारण जलाइएकोहरी नायब निरीक्षक बाबुराम घिमिरेको भनाई छ । कुनै मानवीय र क्षति नभएको घिमिरेले बताए । नगरपालिकाबाट गएको दमकलले अगलागी नियन्त्रणमा लिएको घिमिरेले बताए ।