२४ भाद्र २०८३, बुधबार
,
Latest
एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन कांग्रेसभित्रका मतभेद संवादबाटै समाधान गर्छौँ: देउवा विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा नेपाली कांग्रेसका पार्टी सभापति देउवालाई ‘छेरबहादुर देउवा’ भनेपछि…



अ+ अ-

काठमाडौं । संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद र सत्तारुढदल नेकपाका सांसदविच चर्काचर्की भएको छ ।
आइतवार बसेको बैठकको विशेष समयमा कांग्रेस सांसद उमकान्त चौधरीले प्रधानमन्त्रीलाई झूटप्रसाद ओली भनेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘झुटप्रसाद ओली’ भनेपछि नेकपा सांसद झपट रावलले कांग्रेस सभापति शेरबहादुर देउवाको नाम बिगारेर छेरबहादुर देउवा भनेमा के हुन्छ भन्दै प्रश्न तेर्साएका थिए ।

कागं्रेस सांसद चौधरीले प्रधानमन्त्रीको नाम झुट्प्रसाद ओली राख्दासमेत फरक नपर्ने दाबी गरे। जथाभावी कर बढाएर उहाँ करप्रसाद ओली बन्नु भएको छ। उहाँले झुटको खेती गरेकोले उहाँको नाम झुटप्रसाद ओली उपनाम राख्दा केही फरक पर्दैन, उनले भने ।

उनको धारणा सकेपछि सभामुखसँग समय लिएर नेकपा सांसद रावलले नेपाली जनताको प्रतिनिधिले सभ्य भाषा बोल्न नसकेको आरोप लगाउदै सो कुरा उल्लेख गरेका थिए।

उनको प्रश्न थियो, हामीले यस्तो बोल्दा जनताले के सिक्ने ? सम्माननीय प्रधानमन्त्रीको नाम बङ्ग्याएर करप्रसाद झुटप्रसाद राख्नुभयो। प्रतिपक्षी दलको नेताको जो आदरणीय हुनुहुन्छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सट्टा हामीले छेरबहादुर भन्न बाध्य भए के हुन्छ ?

रावलले उक्त भनाई रेकर्डबाट हटाउनसमेत माग गरे। भने, यहाँ प्रयोग हुने भाषा सभ्य हुनुपर्छ। असभ्य भाषा रेकर्डबाट हटाउन माग गर्दछु ।

माननीय सदस्यले उठाउनु भएको विषय गम्भीर भएको भन्दै सभामुख कृष्णबहादुर महराले आफ्नो ध्यानाकर्षण भएको बताए ।