२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दैनिक सयौ पटक ठगिदै नेपाल प्रहरी, फोन गरी सम्पर्कविहीन



अ+ अ-

काठमाडौं । प्रहरीको कन्ट्रोल रूममा उठ्ने १०० नम्बरमा शुक्रबार एक व्यक्तिले फोन गरे। महाराजगन्जबाट बोलेको बताएका उनले आफ्नो कोठामा चोरी भएको बताए ।

कन्ट्रोल रुमका प्रहरीले तत्काल उनको फोन महाराजगन्जको सीआरभी (कन्ट्रोल रुम भेइकल) टोलीलाई पास गर्‍यो। प्रहरी पुग्दा ती व्यक्ति मदिरा पसलमा भेटिए ।

प्रहरीले सोध्यो, ‘तपाईंको कोठामा चोरी भएको भनेको होइन ? ’ ती व्यक्तिले जवाफ दिए, ‘डर लागेर पुलिसलाई फोन गरेको हो। चोरी भएको छैन।’ प्रहरीले उनलाई पक्राउ गरी ल्यायो। आइन्दा प्रहरीलाई दुःख दिने र गिज्याउने काम नगर्न चेतावनी दिएर छाडियो।

यस्ता ब्लफ कल प्रहरीलाई दैनिक ३ सयको हाराहारीमा आउँछ। कोही मादक पदार्थ सेवन गरेर प्रहरीसँग जिस्किन्छन्। कोही छोराछोरीलाई तर्साउने नाममा पुलिस बोलाइदिन्छु भन्छन्।

कोहीले पटक–पटक एउटै नम्बरबाट फोन गरी सम्पर्कविहीन हुन्छन्। कोहीले प्रहरीलाई गाली गर्छन्। कसैले कुनै घटनै नभई र अपहरणै नभई अपहरण भएको भन्दै ब्लफ कल गर्ने गरेको महानगरीय प्रहरी रानीपोखरीका प्रवक्ता एसएसपी किरण बज्राचार्यले बताइन्।

नेपाल टेलिकम, एनसेल र स्काई गरी प्रहरी कन्ट्रोल रुममा १८ वटा फोन उठ्छन्। दैनिक १ हजारको हाराहारीमा आउने कलमध्ये ३ सय ब्लफ कल हुन्छन्। २०७५ मा १०० मा २८ हजार ४ सय ६८ वटा फोन आएका थिए। तीमध्ये ७ हजार ९ सय ८१ वटा ब्लफ कल रहेको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।