२४ भाद्र २०८३, बुधबार
,
Latest
एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन कांग्रेसभित्रका मतभेद संवादबाटै समाधान गर्छौँ: देउवा विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

दैनिक सयौ पटक ठगिदै नेपाल प्रहरी, फोन गरी सम्पर्कविहीन



अ+ अ-

काठमाडौं । प्रहरीको कन्ट्रोल रूममा उठ्ने १०० नम्बरमा शुक्रबार एक व्यक्तिले फोन गरे। महाराजगन्जबाट बोलेको बताएका उनले आफ्नो कोठामा चोरी भएको बताए ।

कन्ट्रोल रुमका प्रहरीले तत्काल उनको फोन महाराजगन्जको सीआरभी (कन्ट्रोल रुम भेइकल) टोलीलाई पास गर्‍यो। प्रहरी पुग्दा ती व्यक्ति मदिरा पसलमा भेटिए ।

प्रहरीले सोध्यो, ‘तपाईंको कोठामा चोरी भएको भनेको होइन ? ’ ती व्यक्तिले जवाफ दिए, ‘डर लागेर पुलिसलाई फोन गरेको हो। चोरी भएको छैन।’ प्रहरीले उनलाई पक्राउ गरी ल्यायो। आइन्दा प्रहरीलाई दुःख दिने र गिज्याउने काम नगर्न चेतावनी दिएर छाडियो।

यस्ता ब्लफ कल प्रहरीलाई दैनिक ३ सयको हाराहारीमा आउँछ। कोही मादक पदार्थ सेवन गरेर प्रहरीसँग जिस्किन्छन्। कोही छोराछोरीलाई तर्साउने नाममा पुलिस बोलाइदिन्छु भन्छन्।

कोहीले पटक–पटक एउटै नम्बरबाट फोन गरी सम्पर्कविहीन हुन्छन्। कोहीले प्रहरीलाई गाली गर्छन्। कसैले कुनै घटनै नभई र अपहरणै नभई अपहरण भएको भन्दै ब्लफ कल गर्ने गरेको महानगरीय प्रहरी रानीपोखरीका प्रवक्ता एसएसपी किरण बज्राचार्यले बताइन्।

नेपाल टेलिकम, एनसेल र स्काई गरी प्रहरी कन्ट्रोल रुममा १८ वटा फोन उठ्छन्। दैनिक १ हजारको हाराहारीमा आउने कलमध्ये ३ सय ब्लफ कल हुन्छन्। २०७५ मा १०० मा २८ हजार ४ सय ६८ वटा फोन आएका थिए। तीमध्ये ७ हजार ९ सय ८१ वटा ब्लफ कल रहेको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।