२८ मंसिर २०८२, आईतवार
,
Latest
एनपिएल: महत्वपूर्ण प्रतियोगिताका रुपमा स्थापित जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल साढे १२ अंकले घट्यो आजको शेयर बजार मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ज्ञवाली र शाक्य महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे मलयालम अभिनेता अखिल विश्वनाथको ३० वर्षको उमेरमा निधन तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य दायित्व होः नारायणप्रसाद दाहाल सरकार निर्वाचनको तयारीमा केन्द्रित छः कानूनमन्त्री सिन्हा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागुऔषध दुरुपयोग तथा ओसारपसार हाम्रो लागि चुनौतीपूर्ण: गृहमन्त्री थापा



अ+ अ-

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले नेपालका लागि लागुऔषध दुरुपयोग तथा ओसारपसार चुनौतीपूर्ण बन्दै गएको बताएका छन् ।

लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवस सन्र्दभमा बुधबार काठमाडौमा आयोजित कार्यक्रमलाई सम्बोध गर्दै मन्त्री थापाले विश्वव्यापी समस्याको रुपमा रहेको लागू औषध दुरुपयोगको समस्या नेपालका लागि पनि चुनौतिपूर्ण रहेको बताएका हुन् ।

लागू औषध समस्या र अन्तरनिहीत चुनौतिको तुलनामा सरकारका प्रयायहरु पर्याप्त नहुनु र खुल्ला सीमानाका कारण वपन यसको प्रयोग र ओसारपसार नियन्त्रण चुनौतिपुर्ण रहेको उनको भनाई थियो ।

नेपालको भौगोलिक परिस्थिति, खुल्ला सिमानाका कारण पनि लागुऔषध दुरुपयोग र ओसारपसारको समस्या चुनौतीपूर्ण रहेको भन्दै सरकारले कानुन कार्यान्वयन गर्ने सुरक्षा निकाय र संस्थागत निकायको क्षमता अपेक्षित रूपमा विकास गर्न नसकेको, अपराधको निगरानी, सूचना प्रणाली, अनुसन्धानलाई वैज्ञानिक र स्रोत साधन सम्पन्न पार्न नसकेको गृहमन्त्रीले स्वीकार गरेका थिए ।

कानुनको सफल कार्यान्वयनसँगै रोकथामको प्रयासलाई पनि जनस्तरसम्म पुर्याउन नसकिएको भन्दै उनले नागरिक समाजका साथै सबै बर्ग र तहलाई सहयोग गर्न आग्रह गरे ।

लागू औषध दुरुपयोग र अबैध कारोवार बहुआयामिक समस्या भएकाले कानुनी र चिकित्सकीय उपचारसँगै सामाजिक तथा मनौवैज्ञानिक समाधान पनि आवश्यक रहेको गृहमन्त्री थापाको भनाई छ ।