इङलिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको म्यान्चेस्टर सिटीले शनिबार साँझ भएको खेलमा उल्भ्सलाई १–० गोल अन्तरले पराजित गरेको छ ।
सिटीको गृह मैदान एतिहाद रंगशालामा भएको खेलमा सिटीका लागि एक मात्र गोल रहिम स्टर्लिङले पेनाल्टी मार्फत गरेका थिए । उल्भ्सका मोउटिन्होले डिबक्सभित्र हातले बल छोएको विवादास्पद निर्णयपछि सिटीले पेनाल्टीको अवसर पाएको थियो ।
यस खेलमा उल्भ्सका राउल जिमेनेजले दुई पटक पहेंलो कार्ड (रातो कार्ड) पाएर मैदान बाहिरिएपछि उल्भ्स १० खेलाडीमा सीमित भएको थियो ।
यो जितसँगै सिटीले १६ खेलबाट ३८ अंक हासिल गरेको छ । दोस्रो स्थानमा लिभरपुल र तेस्रोमा चेल्सी रहेका छन् ।