१ असार २०८३, सोमबार
,
Latest
लागूऔषधसहित ४३ जना पक्राउ सम्झौताका बाबजुद पनि अमेरिकाप्रति ‘गहिरो अविश्वास’ कायमैः इरान मगर समुदायको भूमे पर्व शुरु कोशी प्रदेशको बजेट बढ्यो, ४० अर्ब ४४ करोड विनियोजन रावल आयोग प्रतिवेदन कार्यान्वयनमा, अतिक्रमित सबै जग्गा कुनै पनि व्यहोराले हकहस्तान्तरण हुन नपाउने गरी रोक्का… सरकारका गतिविधि र मन्त्रीहरूका अभिव्यक्तिप्रति प्रमुख सचेतक दुलालको आपत्ति भिक्षु पन्नाकरद्वारा स्वयम्भू महाचैत्यको दर्शन गण्डकी प्रदेशले ल्यायाे ३२ अर्ब ९९ करोड ९९ लाखकाे बजेट सरकार गैरजिम्मेवार बनेको सांसद अध्यक्ष राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना परराष्ट्रमन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता, के-के भयाे कुराकानी ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

योजनालाई हेरफेर गर्न सकिने सहमति भएपछि कांग्रेसले पोखरा महानगरको ताला खोल्यो



अ+ अ-

पोखरा । पोखरा महानगरपालिका मुलद्वारमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले गरेको तालाबन्दी शुक्रबार खुलेको छ । वडागत रुपमा अत्यावश्यक योजनालाई हेरफेर गर्न सकिने सहमति भएपछि ताला खोलिएको हो ।

वितरणमुखी बजेट ल्याएको भन्दै उनीहरुले बिहीवार महानगरको मुख्य गेटमा ताला लगाएका थिए ।

शुक्रबार महानगर प्रमुख मानबहादुर जिसीले पत्रकार सम्मेलन गरेरै जनप्रतिनिधिलाई अत्यावश्यक योजनामा हेरफेर गर्ने गरि सहमतिमा आउन आग्रह गरेपछि ताला खुलेको हो । सन्चारकर्मीसङ्ग कुराकानी गर्दै मेयर जिसिले बजेटले कसैलाई भेदभाव नगरिएको स्पस्टिकरण दिएका थिए ।

बुधबारको नगरसभा बैठकमा कांग्रेसबाट निर्वाचित वडाध्यक्षले बजेट विनियोजन असमान भएको भन्दै रेडबुक च्यातेका थिए । वडा नम्बर ४ का वडाअध्यक्ष शंकर बास्तोलाले मेयरले रेडबुकबारे छलफलका लागि कुरा राख्न समय नदिएको भन्दै कुर्ची र सोफा फालेका थिए । नगरसभामा राखिएको एअर कुलरसमेत लडाएका थिए ।

रेडबुक आइसकेपछि त्यसबारे छलफल हुनुपर्नेमा छलफलको समय र बजेटबारे बोल्ने मौका पनि नदिइएको जनप्रतिनिधिको आरोप थियो । उनीहरुले आफूहरुको माग सम्बोधन हुनुपर्ने माग राख्दै बिहीबार महानगरको मुलद्वारमा ताला लगाएर दिनभर धर्ना बसेका थिए ।

पोखरा महानगरले मंगलबार ७ अर्ब ५४ लाखको बजेट सार्वजनिक गरेको छ । बजेटको ३६ प्रतिशत भौतिक पूर्वाधारका लागि विनियोजन गरिएको छ । उक्त बजेटमाथि बुधबार छलफलपछि विनियोजन विधेयक पारित भएको छ ।