काठमाडौं । नेपाली कांग्रेसले तत्कालिन नेपाल लोकतान्त्रिक फोरमका २५ हजार ४ सय ६८ जना क्रियाशील सदस्यको छानबिन गर्न जिल्लास्तरमा छानबिन समिति गठन गरेको छ ।
शुक्रबार पार्टी उपसभापति विमलेन्द्र निधिको अध्यक्षतामा बसेको समायोजन समितिको बैठकले तत्कालिन लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छदारले २८ चैत २०७५ मा बुझाएको २५ हजार ४ सय ६८ जना क्रियाशील सदस्यको छानबिन गरी केन्द्रमा निर्णय पठाउने गरी समिति गठन गरेको हो ।
जिल्ला स्तरीय समितिमा नेपाली कांग्रेसका जिल्ला सभापति र साविक निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति तथा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका जिल्ला सभापति र साविक निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति रहनेछन् ।