१९ भाद्र २०८३, शुक्रबार
,
Latest
पिकलबल विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य, दावा सोनाम शेर्पाले रचे इतिहास भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि रु ६० लाख सहयोग भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु त्रिशूली–३ ‘ए’बाट उद्धार गरिएका शाह र महर्जनलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी त्रिशूली–३ ‘ए’को सुरुङबाट कबीर महर्जनको पनि जीवितै उद्धार तीज कार्यक्रम स्थगनः बाढी प्रभावितलाई सहयोग भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’को सुरुङबाट एक जनाको जीवित उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

गच्छदारसँगै कांग्रेसमा आएका २५ हजार कार्यकर्ताको क्रियाशील सदस्यता छानबिन गर्ने



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले तत्कालिन नेपाल लोकतान्त्रिक फोरमका २५ हजार ४ सय ६८ जना क्रियाशील सदस्यको छानबिन गर्न जिल्लास्तरमा छानबिन समिति गठन गरेको छ ।

शुक्रबार पार्टी उपसभापति विमलेन्द्र निधिको अध्यक्षतामा बसेको समायोजन समितिको बैठकले तत्कालिन लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छदारले २८ चैत २०७५ मा बुझाएको २५ हजार ४ सय ६८ जना क्रियाशील सदस्यको छानबिन गरी केन्द्रमा निर्णय पठाउने गरी समिति गठन गरेको हो ।

जिल्ला स्तरीय समितिमा नेपाली कांग्रेसका जिल्ला सभापति र साविक निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति तथा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका जिल्ला सभापति र साविक निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति रहनेछन् ।