काठमाडौँ । ईलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरीले लागुऔषध सहित २ जनालाई पक्राउ गरेका छ । पक्राउ पर्नेमा महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकाका राजेश कुमार साही र सिन्धुली जिल्ला दुधौली नगरपालिकाका साजन भुजेल हुन् ।
पुर्व पश्चिम राजमर्गमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेका ज ८ प २९३ नम्वरका मोटरसाईकलमा सवार उनीहरुलाई प्रहरीले गौशाला चोकमा पक्राउ गरेको हो ।उनीहरुको साथबाट नाईट्रोभेट ८२५ पिस, एस्पाईसमो ७२ पिस, नोफिन ईन्जेक्सन ६ पिस, डाईजेल्याप ईन्जेक्सन ६ पिस र फेनरागन ईन्जेक्सन ६ पिस गरी ९ सय १५ पिस लागु औषध बरामत गरिएको प्रहरीले जनाएको छ ।