चितवन । तत्कालिन भरतपुर नगरपालिकाका संस्थापक मेयर मुक्तिलाल चुकेको निधन भएको छ । ८४ वर्षको उमेरमा चुकेको नारायणगढस्थित आफ्नै निवासमा शुक्रबार बिहान ११ बजे निधन भएको हो ।
२०६२ सालमा मर्निङ वाकको समयमा मोटरसाइकलले ठक्कर दिएपछि उनी अस्वस्थ बनेका थिए । त्यसयता उनको अधिकांश समय घरमा नै वित्ने गरेको थियो । चुके २०३५ सालमा तत्कालीन भरतपुर नगर पञ्चायतको मेयर बनेका थिए । प्रजातन्त्र सेनानी चुके राष्ट्रिय पञ्चायतका जनपक्षीय सांसदसमेत रहेका थिए ।
चुकेको शनिवार विहान ८ बजे निवासमा त्यसपछि कांग्रेस चितवनको पार्टी कार्यालयमा श्रद्धाञ्जली सभा गरेपछि देवघाटमा लगेर अन्त्येष्टि गरिने उनका आफन्त दिनेश चुकेले जानकारी दिए ।यता नेपाली कांग्रेसले विज्ञप्ति मार्फत चुकेको निधनप्रति शोक व्यक्त गरेको छ ।