७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रम्प र किमबीच भेटवार्ता हुन्छ : मुन



अ+ अ-

सोल । उत्तर कोरियाका राष्ट्रपति मुन जाय इनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ अनबीच भेटवार्ता हुने बताउनु भएको छ ।

ट्रम्प र किमबीच दुई कोरियाको सिमा क्षेत्रमा पर्ने पान्मुन्जोम गाउँमा भेटवार्ता हुने तय भएको राष्टपति मुनले आइतबार जानकारी दिनु भएको हो ।दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसमा भएको भेटवार्तापछि मुन र ट्रम्पद्धारा आयोजित संयुक्त पत्रकार सम्मेलनमा दुवै जनाले किमसँग भेटवार्ता हुन लागेको पुष्टी गर्नुभएको हो ।

कोरियाली प्रायद्वीपका दुई राष्ट्र दक्षिण कोरिया र उत्तर कोरियाकाबीचमा सन् १९५० देखि शुरु भएको भएको यद्धपछि सन् १९५३ मा दुई देशबीच सम्झौता भएपछि युद्व अन्त्य भएसँगै दुई कोरिया टुक्रिएर उत्तर र दक्षिण कोरिया बनेको थियो ।
उत्तर र दक्षिण कोरियामा दुई देश विभाजन भएपछि उत्तर कोरियाको अमेरिकासँगको सम्वन्ध भने सत्रुतापूर्ण नै रहेको थियो । तर अमेरिकी राष्ट्रपतिका रुपमा ट्रम्प निर्वाचित भइसकेपछि किमसँग दुई पटक बहुप्रचारित शिखर बैठक भइसकेका छन् ।
पहिलो बैठक अन्त्यन्त सकारात्मक भएपनि दोस्रो बैठक भने अपेक्षित नभएपछि फेरी दुई देशकाबीचमा अविश्वास बढिरहेका बेला अहिले यो भेटवार्ता हुन लागेको हो ।

ट्रम्प र किमबीच अहिले हुन लागेको भेटवार्ता ऐतिहासिक र अत्यन्त महत्वपूर्ण हुने दक्षिण कोरियाली राष्ट्रपति मुनले विश्वास व्यक्त गर्नुभएको छ । उहाँहरुको यो भेटवार्तालाई अनपेक्षित मानिएको छ । जी २० शिखर सम्मेलनका लागि जापान पुग्नुभएका ट्रम्प त्यतैबाट दक्षिण कोरिया आउनु भएको हो ।