१३ असार २०८३, शनिबार
,
Latest
छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले केन्द्रीय कमिटी बैठक सुरु



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीको दोश्रो दिनको बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भक्तपुरको जर्मन होम हस्पिटालिटीमा सुरु भएको छ । पहिलो दिनको बैठकले विभिन्न नौ विषयमा निर्णय गरेको र आज थप मुख्य छ एजेण्डामा निर्णय गर्ने भएको छ । 

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमाले केन्द्रीय कमिटीको पहिलो दिनको बैठक १५ मध्ये नौ एजेन्डामा छलफल गरेर निर्णयमा पुगेको र आजको बैठकले केन्द्रीय कमिटीमा मनोनयन, पोलिटब्युरो गठन, स्थायी कमिटी गठन, केन्द्रीय सदस्यको कार्यविभाजनलगायत छ एजेण्डामा छलफल गरेर निर्णय गर्ने जानकारी दिनुभयो । 

पहिलो दिनको बैठकले आगामी पुस २३ गते जिल्ला अधिवेशन र माघ ८ गते प्रदेश कमिटीको अधिवेशन, फागुन मसान्तसम्म सबै जनवर्गीय सङ्गठनको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो । त्यसैगरी एमाले सल्लाहकार परिषद्को अध्यक्षमा नेता अमृतकुमार बोहोरालाई चयन गर्नाका साथै पार्टीको विधानमा आवश्यक सम्पादन गरी प्रकाशन गर्न र पार्टीको नियमावली संशोधन गर्न उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा नेता खगराज अधिकारी र रमेश बडाल सदस्य रहने गरी तीन सदस्यीय कार्यदल गठन गरिएको छ । 

त्यस्तै बैठकले आगामी पाँच वर्ष नेकपा (एमाले) पार्टी कार्यालय च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सञ्चालन गर्ने र पाँच वर्षभित्र बल्खुमा पार्टी कार्यालयको नयाँ भवन निर्माण सम्पन्न गरेर प्रविधिमैत्री भवन बनाएर सर्ने, आगामी पुस भरिमा जिल्लामा आवश्यक तयारी गरेर माघ र फागुनभरिमा पार्टी विस्तार तथा पार्टी प्रवेश कार्यक्रम गराउँदै महाधिवेशनका सन्देशसमेत प्रवाह गर्ने अभियान चलाउने निर्णय गरेको छ ।