१९ भाद्र २०८३, शुक्रबार
,
Latest
त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठगी गर्ने एक महिला जेल चलान



अ+ अ-

काठमाडौं । वैदेशिक रोजगारीमा लगाइदिने प्रलोभन देखाएर ठगी गर्ने एक महिला जेल चलान भएकी छिन् ।

वैदेशिक रोजगारी सम्बन्धी ठगी मुद्दामा सर्वोच्च अदालतको २०७५ साल असार २६ को फैसलाले एक वर्ष छ महीना कैद र रु एक लाख ५० हजार जरिवाना हुने ठहर भई फरार हुँदै आएकी पाल्पाको खानीगाउँ निवासी टीकाकुमारी थापा आज जेल चलान भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले जनाएको छ ।

उनलाई काठमाडौँको महाराजगञ्जबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकामा अदालतको आदेशले आजै जेल चलान गरिएको हो । कैद भुक्तानका लागि उनलाई आजै केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाइएको सिआइवीका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।

उनले २०६९ सालमा वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने ईजाजतपत्र बिना नै वैदेशिक रोजगारका लागि साइप्रस पठाईदिने भन्दै रकम ठगी गरेकी थिइन् । अदालतले थापालाई दोषी ठहर गर्दै उक्त सजायसहित जाहेरवालालाई बिगो र हर्जनासमेत गरी कूल रकम रु १४ लाख २५ हजार तिर्नुपर्ने फैसला गरेको थियो ।