७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संखुवासभामा विप्लव समूह र प्रहरीबीच गोली हानाहान



अ+ अ-

विराटनगर । प्रदेश नम्बर १ को संखुवासभामा प्रतिवन्धित विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच जम्काभेट हुँदा गोली हानाहान हुन पुगेको छ । यद्यपि दुबै पक्षतर्फ कुनै क्षति भएको छैन।

प्रहरी प्रधान कार्यालयका एसपी रमेश थापाले संखुवासभाको सिलिचुङ गाउँपालिका–१ होयाङग्लामा भन्ने स्थानमा विप्लव समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायर भएको बताए ।

उनले भने, ‘उनीहरुले फायर गर्दै जंगलतिर भागेपछि प्रहरीतर्फबाट पनि गोली चलेको छ । थप विवरण आइसकेको छैन ।’