१९ भाद्र २०८३, शुक्रबार
,
Latest
माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँको फोहोर उठ्न थाल्यो



अ+ अ-

काठमाडौं । दुई साताभित्र सिसडोलवासीको समस्याको पहिचान र समाधान निकाल्ने गरी समिति गठन भएसँगै काठमाडौँ महानगरपालिकाको फोहोर आजदेखि उठ्न थालेको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य नेतृत्वको टोलीले आइतबार साँझ सिसडोलवासीसँग वार्ता गरेर समाधान निकालेको हो ।

विभिन्न माग राखेर सिसडोलवासीले एक साता अघिदेखि फोहोर फाल्न अवरोध गरेका थिए । सिसडोलवासीले काठमाडौँको फोहोर फाल्ने गरिएको ४२ रोपनी जग्गा सरकारले वा महानगरले अधिग्रहण गर्नुपर्ने माग गरिरहेको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताउनुभयो । उहाँका अनुसार स्थानीयवासीले स्वास्थ्यमा पुगेको प्रतिकूल असरका लागि समाधान खोज्नुपर्ने लगायतका माग महानगरसँग गरेका थिए ।

कामपाले सिसडोलवासीका समस्या समाधानका लागि वडा नम्बर ४ का अध्यक्ष विकास डङ्गोलको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको उहाँले बताउनुभयो । समितिमा महानगरका अरु वडाका अध्यक्ष, वातावरण विभाग प्रमुख र सरोकारवाला स्थानीयवासीसमेत रहेका छन् । “समितिलाई १५ दिनभित्रमा प्रतिवेदन प्रस्तुत गर्नेगरी समयसीमा तोकिएको छ” उहाँले भन्नुभयो, “त्यही प्रतिवेदनका आधारमा समाधान निकालिनेछ ।”

विभिन्न मागहरू राखेर समयसमयमा स्थानीयवासीले फोहोर फाल्न अवरुद्ध गर्दै आएका छन् । महानगरले १३ वर्ष पहिले दुई वर्षका लागि भनेर सिसडोलमा फोहोर फाल्न थालेको थियो । तेह्र वर्ष बितिसक्दा पनि वैकल्पिक ठाउँ नहुँदा महानगरसँगै उपत्यकाका सबै नगरपालिकाले यहीँ फोहोर फाल्ने गरेका छन् । महानगरपालिकाले केही समय पहिलेबाट यहाँको विकल्पका रूपमा बञ्चरेडाँडामा ‘डम्पिङ साइट’ निर्माण गरिरहेको छ ।