७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

छ महिनाको अवधिमा विप्लव समूहका १२ कार्यकर्ता पक्राउ



अ+ अ-

तनहुँ । महिनाको अवधिमा तनहुँ जिल्लामा नेत्रविक्रम चन्द समूहका १२ कार्यकर्ता पक्राउ परेका छन् । सन् २०१९ को जनवरीदेखि छ महिनाको अवधिमा उक्त समूहका १२ कार्यकर्ता पक्राउ परेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जनाएको छ ।

पक्राउ परेकामध्ये पाँच प्रहरी हिरासतमा र एक जिल्ला कारागारमा थुनामा छन् । बाँकी छजना भने अदालतको आदेशमा रिहा भएका छन् । सरकारद्वारा प्रतिबन्धित सो समूहले हिंसात्मक गतिविधि गरेका कारण उनीहरुलाई कानूनबमोजिम पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद सिलवालले बताउनुभयो ।

इन्सेकले सार्वजनिक गरेको जिल्लाको प्रतिवेदनअनुसार सो अवधिमा नौ जबर्जस्ती करणीका र पाँच जबर्जस्ती करणीको प्रयासको घटना भएको इन्सेकका प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले जानकारी दिनुभयो । जिल्लामा विगतका वर्ष जस्तो सो अवधिमा राज्य पक्षबाट मानव अधिकार हननका घटना नभएको उहाँले बताउनुभयो ।