१३ असार २०८३, शनिबार
,
Latest
छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरपालुवा बाँदरलाई यातना दिएर रमाइलो गर्ने महिलालाई दियो अदालतले कारावास



अ+ अ-

लण्डन । बेलायतको एक स्थानीय अदालतले एक महिलालाई कुनै पनि जनावर पाल्न नपाउने प्रतिबन्ध लगाएको छ । ती महिलामाथि आफ्नो पाल्तु बाँदरलाई दुःखदायी आनन्दका लागि यातना दिएको अभियोगमा दोषी पाइएको थियो। सामान्यतया मानिसहरु आफ्नो घरपालुवा जनावरप्रति निकै संवेदनशील हुन्छन् तर विक्की नामकी महिलाको स्वभाव भने ठीक उल्टो थियो । उनी जबरजस्ती लागूऔषध ख्वाएर बाँदरलाई यातना दिने गर्थिन् ।

द सनको रिपोर्टअनुसार ती महिलाले बाँदरलाई शौचालयमा फ्लश गर्ने प्रयाससमेत गरिन् । अदालतमा महिलाको यातनाको भिडियो पेश गरिएको थियो जसमा मिली बाँदर शौचालयमा लुकेर बसेको देख्न सकिन्छ । महिलाले उसलाई फ्लश गर्ने प्रयास गरेकी थिइन् । भिडियोमा विक्कीको डरलाग्दो हाँसो सुन्न सकिन्छ । लागूऔषध दुव्र्यसनको आरोपमा प्रहरीले उनको घरमा छापा मार्दा विक्कीको यातना बाहिर आएको हो ।

उनको फोनबाट बाँदरमाथि भएको अत्याचारका कैयौँ भिडियो बरामद भएका छन् । एउटा क्लिपमा विक्कीले बाँदरलाई कोकिन खुवाउँदै गरेको देखिएको थियो । उनले बाँदरलाई आफ्नो औँलामा कोकिन चाट्न भनिरहेकी थिइन् । विक्कीको यातना यहाँ मात्र समाप्त हुँदैन, उनले बाँदरलाई ससेज, बर्गर र कबाब जस्ता चीजहरू खान दिन्छिन् र उसको आवश्यकता र हेरचाहलाई पूर्णरूपमा बेवास्ता गर्छिन्।

अदालतले उनलाई भविष्यमा कुनै पनि घरपालुवा जनावर पाल्न रोक लगाएको छ र करिब ८८ हजार रुपैयाँ जरिवाना तिर्न निर्देशन दिएको छ । साथै उनलाई १२० घण्टा बेतलबी कामका अतिरिक्त तीन महिनाको सजाय सुनाइएको छ ।

यो घटनापछि मिलीलाई भेटेका पुनर्वास विज्ञहरुले यस्तो डराएको बाँदर कहिल्यै नदेखेको बताएका छन् । यसको पुनर्वासको प्रारम्भिक चरणमा बाँदर अगाडि आउने सबैबाट भागेको थियो। कुनै चर्को आवाज वा एक्कासि हलचल देखेर ऊ लुक्ने गथ्र्यो । पुनर्वास केन्द्रमा झण्डै दुई वर्ष बिताएपछि मिलिले अब अन्ततः सुरक्षित महसुस गरिरहेको छ ।