१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरपालुवा बाँदरलाई यातना दिएर रमाइलो गर्ने महिलालाई दियो अदालतले कारावास



अ+ अ-

लण्डन । बेलायतको एक स्थानीय अदालतले एक महिलालाई कुनै पनि जनावर पाल्न नपाउने प्रतिबन्ध लगाएको छ । ती महिलामाथि आफ्नो पाल्तु बाँदरलाई दुःखदायी आनन्दका लागि यातना दिएको अभियोगमा दोषी पाइएको थियो। सामान्यतया मानिसहरु आफ्नो घरपालुवा जनावरप्रति निकै संवेदनशील हुन्छन् तर विक्की नामकी महिलाको स्वभाव भने ठीक उल्टो थियो । उनी जबरजस्ती लागूऔषध ख्वाएर बाँदरलाई यातना दिने गर्थिन् ।

द सनको रिपोर्टअनुसार ती महिलाले बाँदरलाई शौचालयमा फ्लश गर्ने प्रयाससमेत गरिन् । अदालतमा महिलाको यातनाको भिडियो पेश गरिएको थियो जसमा मिली बाँदर शौचालयमा लुकेर बसेको देख्न सकिन्छ । महिलाले उसलाई फ्लश गर्ने प्रयास गरेकी थिइन् । भिडियोमा विक्कीको डरलाग्दो हाँसो सुन्न सकिन्छ । लागूऔषध दुव्र्यसनको आरोपमा प्रहरीले उनको घरमा छापा मार्दा विक्कीको यातना बाहिर आएको हो ।

उनको फोनबाट बाँदरमाथि भएको अत्याचारका कैयौँ भिडियो बरामद भएका छन् । एउटा क्लिपमा विक्कीले बाँदरलाई कोकिन खुवाउँदै गरेको देखिएको थियो । उनले बाँदरलाई आफ्नो औँलामा कोकिन चाट्न भनिरहेकी थिइन् । विक्कीको यातना यहाँ मात्र समाप्त हुँदैन, उनले बाँदरलाई ससेज, बर्गर र कबाब जस्ता चीजहरू खान दिन्छिन् र उसको आवश्यकता र हेरचाहलाई पूर्णरूपमा बेवास्ता गर्छिन्।

अदालतले उनलाई भविष्यमा कुनै पनि घरपालुवा जनावर पाल्न रोक लगाएको छ र करिब ८८ हजार रुपैयाँ जरिवाना तिर्न निर्देशन दिएको छ । साथै उनलाई १२० घण्टा बेतलबी कामका अतिरिक्त तीन महिनाको सजाय सुनाइएको छ ।

यो घटनापछि मिलीलाई भेटेका पुनर्वास विज्ञहरुले यस्तो डराएको बाँदर कहिल्यै नदेखेको बताएका छन् । यसको पुनर्वासको प्रारम्भिक चरणमा बाँदर अगाडि आउने सबैबाट भागेको थियो। कुनै चर्को आवाज वा एक्कासि हलचल देखेर ऊ लुक्ने गथ्र्यो । पुनर्वास केन्द्रमा झण्डै दुई वर्ष बिताएपछि मिलिले अब अन्ततः सुरक्षित महसुस गरिरहेको छ ।