१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय सरकारले गरे छात्रालाई साइकल वितरण



अ+ अ-

महोत्तरी । छोरी शिक्षालाई प्रोत्साहन गर्न र महिला सशक्तीकरणको पाटोलाई शिक्षासँग जोड्न महोत्तरी जिल्लाका दुई स्थानीय तहले ५०० बढी छात्रालाई साइकल वितरण गरेका छन् । जिल्लाका लोहारपट्टी नगरपालिका र सम्सी गाउँपालिकाले प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमको प्रवद्र्धन गर्न आफ्नो भूगोल क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत सो सङ्ख्याका छात्रालाई सोमबार जनही एक/एक साइकल वितरण गरेका हुन् ।

लोहारपट्टी नगरपालिकाले आफ्नो नगर क्षेत्रका पाँच सामुदायिक माध्यमिक विद्यालयमा कक्षा–१० मा अध्ययनरत ३०० छात्रालाई साइकल वितरण गरेको छ । शिक्षामा महिलाको पहुँच बढाउन, छोरी शिक्षालाई प्रोत्साहन गर्न कक्षा–१० का छात्रालाई साइकल वितरण गरिएको नगरप्रमुख शैलेन्द्र यादवले बताउनुभयो । छोरीलाई पढ्न नपठाउने, विद्यालय पुगेका छात्रा पनि उपल्लो तहसम्म नटिक्ने र छोरीको पठनपाठनबारे चासो नदेखिने अवस्था चिर्न कक्षा–१० कै छात्रालाई साइकल वितरण गरिएको प्रमुख यादवको भनाइ छ ।

त्यसैगरी सम्सी गाउँपालिकाले आफ्नो भूगोल क्षेत्रका आधारभूत र माध्यमिक विद्यालयमा कक्षा–८ मा अध्ययनरत सबै छात्रालाई साइकल वितरण गरेको छ । छोरी शिक्षामा सबै तहका सरकार हरतरहले सहयोग गर्न तत्पर छन् भन्ने सन्देश प्रवाह गर्न कक्षा–८ मा अध्ययनरत छात्रालाई साइकल वितरण गरिएको गाउँपालिकाका अध्यक्ष शेष फारुखले बताउनुभयो ।

दुवै स्थानीय तहमा साइकल पाउने छात्रामा धेरैजसो विपन्न र विभिन्न अवसरबाट पछि पर्दै आएका जाति समुदायका छोरी परेका दुवै स्थानीय तहले जनाएका छन् । चालू आर्थिक वर्ष २०७५÷७६ को शिक्षातर्फ छुट्याइएको बजेटबाट साइकल वितरण गरिएको हो ।

लोहारपट्टी नगरपालिकाले माध्यमिक तहको शिक्षा लिइरहेकी एक शारीरिक अपाङ्गता भएकी छात्रालाई तीनपाङ्ग्रे स्कुटर र नगर क्षेत्रभित्रका स्वास्थ्य संस्थामा आबद्ध ५० महिला स्वास्थ्य स्वयंसेविकालाई पनि एक/एक साइकल वितरण गरेको छ । ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत शिक्षा बीमा, महिलामैत्री शौचालयको निर्माणजस्ता कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन र महिला शिक्षालाई प्रोत्साहन गर्न थप कार्यक्रम अघि बढाइने दुवै स्थानीय तहले जनाएका छन् ।