१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुम्बईमा वर्षा: पर्खाल भत्किँदा १८ को ज्यान गयो,कैयौँ घाइते



अ+ अ-
तस्बिर स्रोत : गेट्टी इमेज

काठमाडौं । मुसलधारे वर्षाका कारण भारतको मुम्बईमा १५ जनाको ज्यान गएको छ।अविरल वर्षाका कारण महानगरको रेल, सडक र हवाई यातायात सेवाहरू अस्तव्यस्त हुन पुगेका छन्।

मुम्बईको पहाडी भेगमा अवस्थित एक विपन्न बस्तीमा सोमवार राति पर्खाल ढल्दा १५ जनाको ज्यान गएको बताइएको छ। अन्य ७० जना घाइते भएको विवरण आएको छ।

ज्यान गुमाउनेको परिवारलाई सरकारले ५ लाख क्षतिपूर्ति दिने मुख्यमन्त्री देवेन्द्र फदनाभीसले बताए।


तस्बिर स्रोत : गेट्टी इमेज

‘पर्खाल भत्किनुमा स्थानीय सरकारको केही दोष छैन। मुम्बईमा अवैध रूपमा विकासका कामहरू थुप्रै भइरहेका छन् तर यो त्यसमा पर्दैन’, शिव सेनाका नेता सञ्जय राउतले भने।पानी पर्ने क्रम नरोकिएपछि महानगरका विभिन्न क्षेत्र डुबानमा परेको छ।नगर अधिकारीहरूले महानगरवासीलाई घरभित्रै रहन आग्रह गरेका छन्।यातायात र अन्य सञ्जाल अस्तव्यस्त हुन पुगेका कारण अधिकारीहरूले मङ्गलवार सार्वजनिक बिदा दिएका छन्।

बिहानदेखिको भारी वर्षाले मुम्बईबाट मादगाउँ जाने रेलवेसमेत अवरूद्ध भएको छ।मुम्बईका लागि उडेका ५५ हवाई जहाजहरूलाई अन्तै पठाइएको छ भने ५२ उडानहरू रद्द गरिएको छ।

शुक्रबारसम्म वर्षा जारी रहने विभागले जनाएको छ।