७ आश्विन २०८१, सोमबार
,
Latest
बेलायतमा च्यानल पार गरेर आउने आप्रवासीको सङ्ख्या २५ हजार नाघ्यो गर्मीका कारण वीरगञ्जका विद्यालय दुई दिन बन्द गरिने साफ च्याम्पियनसिप फुटबल: नेपालद्वारा श्रीलंका पराजित चिनियाँ प्रविधियुक्त कारमा अमेरिकी प्रतिबन्धको बेइजिङद्वारा आलोचना संविधान संशोधन कांग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै होः प्रचण्ड काठमाण्डौ स्पाइकर्सको ट्यालेन्ट हन्ट इभेन्ट सम्पन्न, विजेता घोषित प्रभु बैंक लि. भिजा ईन्टरनेशनलद्धारा आयोजित भिजा लिडरसीप कनक्लेभ नेपाल २०२४ अन्तर्गत् दुई बिधामा सम्मानित ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना बालबालिकामा हुने क्यान्सरको उपचारका लागि चिकित्सक अभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुम्बईमा वर्षा: पर्खाल भत्किँदा १८ को ज्यान गयो,कैयौँ घाइते



अ+ अ-
तस्बिर स्रोत : गेट्टी इमेज

काठमाडौं । मुसलधारे वर्षाका कारण भारतको मुम्बईमा १५ जनाको ज्यान गएको छ।अविरल वर्षाका कारण महानगरको रेल, सडक र हवाई यातायात सेवाहरू अस्तव्यस्त हुन पुगेका छन्।

मुम्बईको पहाडी भेगमा अवस्थित एक विपन्न बस्तीमा सोमवार राति पर्खाल ढल्दा १५ जनाको ज्यान गएको बताइएको छ। अन्य ७० जना घाइते भएको विवरण आएको छ।

ज्यान गुमाउनेको परिवारलाई सरकारले ५ लाख क्षतिपूर्ति दिने मुख्यमन्त्री देवेन्द्र फदनाभीसले बताए।


तस्बिर स्रोत : गेट्टी इमेज

‘पर्खाल भत्किनुमा स्थानीय सरकारको केही दोष छैन। मुम्बईमा अवैध रूपमा विकासका कामहरू थुप्रै भइरहेका छन् तर यो त्यसमा पर्दैन’, शिव सेनाका नेता सञ्जय राउतले भने।पानी पर्ने क्रम नरोकिएपछि महानगरका विभिन्न क्षेत्र डुबानमा परेको छ।नगर अधिकारीहरूले महानगरवासीलाई घरभित्रै रहन आग्रह गरेका छन्।यातायात र अन्य सञ्जाल अस्तव्यस्त हुन पुगेका कारण अधिकारीहरूले मङ्गलवार सार्वजनिक बिदा दिएका छन्।

बिहानदेखिको भारी वर्षाले मुम्बईबाट मादगाउँ जाने रेलवेसमेत अवरूद्ध भएको छ।मुम्बईका लागि उडेका ५५ हवाई जहाजहरूलाई अन्तै पठाइएको छ भने ५२ उडानहरू रद्द गरिएको छ।

शुक्रबारसम्म वर्षा जारी रहने विभागले जनाएको छ।