७ आश्विन २०८१, सोमबार
,
Latest
गर्मीका कारण वीरगञ्जका विद्यालय दुई दिन बन्द गरिने साफ च्याम्पियनसिप फुटबल: नेपालद्वारा श्रीलंका पराजित चिनियाँ प्रविधियुक्त कारमा अमेरिकी प्रतिबन्धको बेइजिङद्वारा आलोचना संविधान संशोधन कांग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै होः प्रचण्ड काठमाण्डौ स्पाइकर्सको ट्यालेन्ट हन्ट इभेन्ट सम्पन्न, विजेता घोषित प्रभु बैंक लि. भिजा ईन्टरनेशनलद्धारा आयोजित भिजा लिडरसीप कनक्लेभ नेपाल २०२४ अन्तर्गत् दुई बिधामा सम्मानित ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना बालबालिकामा हुने क्यान्सरको उपचारका लागि चिकित्सक अभाव सांसदहरु नआएपछि सोमवारको संसदीय सुनुवाई समितिको बैठक स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार घाटाको व्यापार गर्दैन , आईफा अवार्डका लागि बजेट दिने सोचाईमा सरकार छैनः संचारमन्त्री



अ+ अ-

काठमाडौं । सरकारका प्रवक्ता एवम् संचार तथा सुचना प्रविधिमन्त्री गोकुल बास्कोटाले आईफा अवार्डका लागि बजेट दिने सोचाईमा सरकार नरहेको बताएका छन् ।

मन्त्री बास्कोटाले आईफा अवार्ड नेपालको हितमा हुने भएकाले त्यसलाई सम्पन्न गरेरै छाडने दृढता पनि व्यक्त गरे ।

मंगलबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा सांसदहरुले सो अवार्डबारे प्रश्न उठाएपछि उनले आईफा अवार्डका लागि बजेट दिने सोचाईमा सरकार नरहेको प्रष्टयाएका हुन् ।

मन्त्री बास्कोटाले आईफा अवार्डको प्रसंग उल्लेख गर्दै सरकारले कुनै पनि क्षेत्रमा घाटाको व्यापार नगर्ने स्पष्ट पारे । ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन सरकारले सो अवार्ड आयोजना गर्न स्विकृति दिएको उनले बताए ।

बैठकमा बोल्दै समितिका सदस्यहरुले नेपाली चलचित्र क्षेत्रका लागि केही योगदान नगरेको सरकारले बलिउडका कलाकारहरुको अवार्डका लागि एक अर्व बजेट दिने समाचार बाहिर आएको उल्लेख गर्दै आपत्ति जनाएका थिए । समितिका सदस्य रामबहादुर विष्टले राष्ट्रिय कलाकारहरुको हितमा केही गर्न नसकेको सरकारले सो अवार्डका लागि अर्ब भन्दा बढी बजेट दिन लागेको भन्दै आपत्ति जनाएका थिए ।

समितिका सदस्यहरुले निजी क्षेत्रले विभिन्न देशमा संचालन गर्दै आएको सो अवार्डको आयोजनामा नेपाल सरकारले नै लगानी गर्न किन पु¥यो रु भनि प्रश्न पनि गरेका थिए ।