१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहिले प्रधानमन्त्री र मन्त्रीहरु परिवर्तन गर्नुहुँदैन, यही सरकारलाई पाँच वर्ष काम गर्न दिनुपर्छ : खड्का



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा पूर्व मन्त्री दिपक खड्काले तत्काल प्रधानमन्त्री वा मन्त्रीहरु परिवर्तन गर्नुपर्ने आवश्यक नरहेको स्पष्ट पारेका छन् । उनले भने,‘अहिले झट्ट हेर्दा प्रधानमन्त्री परिवर्तन गर्ने हल्ला छ, मन्त्रीहरु पनि परिवर्तन गर्ने हल्ला छ । अहिले मन्त्रीहरु परिवर्तन गर्न आवश्यक छैन । यसले अस्थिरता निम्त्याउँछ ।’

खड्काले वर्तमान सरकारसँग पाँच वर्षको स्पष्ट म्याण्डेट भएकोले हेलचेक्रयाँई गर्न नहुने धारणा राखे । उनले भने,‘यदि यो पाँच वर्ष हेलचेक्र्याँई गरियो भने मुलुक २५ वर्ष पछि पर्छ ।’ उनले थपे,‘यही सरकारलाई पाँच वर्षे कार्यकाल पूरा गर्न दिनुपर्छ ।’

मंगलबार साक्षात्कारमा बोल्दै नेता खड्काले अहिले मन्त्रीहरु किन परिवर्तन गर्नुपर्यो ? भन्दै प्रश्नसमेत गरे । उनले भने,‘सरकार स्थायी छ, यो सरकारलाई हामीले आवश्यक सहयोग गर्नुपर्छ ।’ यद्धपी सरकारले प्राप्त गरेको म्याण्डेअनुसार काम गर्न नसकेको उनको आरोप छ ।

ैउनले मुलुकमा अहिले भ्रष्टाचार पनि व्याप्त रहेको सुनाए । उनले भने सरकारको दम्भको कारण संखुवासभामा हिजोमात्रै गोली चलेको घट्ना सुनाउँदै के मुलुकमा द्वन्द्व निम्त्याउन खोजेको हो त ? भनेर प्रश्न गरे ।

विकास खर्चको बारेमा पनि सरकार चुकिरहेको र असारमात्रै खर्च गर्ने प्रवृत्ति दोहोरिएको उनको आरोप छ । उनले भने,‘अहिले सरकारले पिचमाथि पिच गरिरहेको छ । जहाँ पिच गर्नुपर्ने थियो, त्यहाँ गर्दैन तर पिच भएको ठाउँमा चाहीँ पिच गर्छ । पुतलीसडकमा पिच गर्छ, यो त हाम्रो बेथिति हो ।’

अहिले मुलुक बनाउने बेला भएकोले सरकारमा बसेकाहरु जिम्मेवार हुनुपर्ने उनको धारणा छ । उनले भने,‘मुलुक बनाउने जिम्मेवार ओहोदामा बस्नेहरु झनै जिम्मेवार बन्नुपर्छ।’ वर्तमान सरकार सफल हुन नसकेको भएपनि काम गर्नको लागि अझै समय रहेको उनको भनाई छ ।
उनले भने,‘अहिलेको व्यवस्थालाई स्थिर बनाउनको लागि पनि यो सरकारलाई काम गर्न दिनुपर्छ । पाँच वर्ष प्रधानमन्त्री र मन्त्रीहरु हटाउनुहुँदैन् ।’ सरकारले विकास तथा समृद्धिको लागि सबै पक्षसँग छलफल तथा सहकार्य गर्नुपर्ने उनको भनाई छ । उनले वर्तमान सरकार धेरै ठाउँमा चुकेको पनि खड्काले आरोप लगाए ।