७ आश्विन २०८१, सोमबार
,
Latest
बेलायतमा च्यानल पार गरेर आउने आप्रवासीको सङ्ख्या २५ हजार नाघ्यो गर्मीका कारण वीरगञ्जका विद्यालय दुई दिन बन्द गरिने साफ च्याम्पियनसिप फुटबल: नेपालद्वारा श्रीलंका पराजित चिनियाँ प्रविधियुक्त कारमा अमेरिकी प्रतिबन्धको बेइजिङद्वारा आलोचना संविधान संशोधन कांग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै होः प्रचण्ड काठमाण्डौ स्पाइकर्सको ट्यालेन्ट हन्ट इभेन्ट सम्पन्न, विजेता घोषित प्रभु बैंक लि. भिजा ईन्टरनेशनलद्धारा आयोजित भिजा लिडरसीप कनक्लेभ नेपाल २०२४ अन्तर्गत् दुई बिधामा सम्मानित ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना बालबालिकामा हुने क्यान्सरको उपचारका लागि चिकित्सक अभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

जथाभावी खर्च रोक्नुपर्छ, काम नगर्नेलाई दण्डित गर्नुपर्छ: डा. खनाल



अ+ अ-

काठमाडौं । अर्थविद् डा. डिल्लीराज खनालले असारे विकासको बारेमा टिप्पणी गर्दा विगतमा विसंगति र विकृति रहेको सुनाए । उनले भने,‘४० देखि ५० प्रतिशत खर्च असारमा हुँदा गुणस्तर कम हुन्छ ।’ बजेट विनियोजन, जवाफदेहीता र पारदर्शीता प्रणाली नहुँदा समस्या भएको उनको भनाई छ ।

मंगलबार साक्षात्कारमा खनालले बजेट प्रणाली नै बेथिति रहेको सुनाए । उनले भने,‘अब बजेट विनियोजन, खर्च भुक्तानी प्रणालीलाई नै सुधार गर्नुपर्छ । आगामी आर्थिक वर्षमा यो कुरामा सुधार हुने अपेक्षा गरिएको छ ।’

अहिलेपनि ‘जिरो सम गेम’ जस्तो देखिएको उनको भनाई छ । खनालले अब प्रणालीगत रुपमै यसलाई सुधार गर्नुपर्नेमा जोड दिए । उनले भने,‘बजेटका ठिक कार्यान्वयन भएका छन् कि छैनन् भनेर यसलाई अनुगमन गर्ने संयन्त्र हुनुपर्छ ।’

अहिलेपनि कार्यसम्पादनमा आधारित बजेट नभएको खनालको टिप्पणी छ । उनले भने,‘हाम्रोमा जेठ १५ देखि असार मसान्तको कार्ययोजना भएन । सार्वजनिक खर्चमा मितव्ययिता हुनुपर्छ । टाईम बाईको अवस्थालाई सुधार गर्नुपर्छ ।’ मुलुकलाई समृद्धिको दिशामा डोर्याउने खालको कार्ययोजना हुनुपर्ने उनको भनाई छ । खनालले हिजोसम्मको पुँजीगत खर्च ५३ प्रतिशत पुगेको सुनाउँदै जथाभावी हुने खर्च रोक्नुपर्ने सुझाव दिए । उनले भने,‘बेठीक ढंगले हुने खर्चलाई प्रोत्साहन गर्नुहुँदैन्।’

बजेट कार्यान्वयनको सवालमा अहिलेपनि समन्वयको कमि देखिएको उनको गुनासो छ । उनले भने,‘४५ दिनको वर्क प्लान खोई ? एक्शन प्लान बनाउनुपर्छ । काम भएन भने मन्त्रीलाई समेत दण्डित गर्नुपर्छ ।’