जाजरकोट । बहुविवाह मुद्दाका फरार अभियुक्त तीन वर्षपछि पक्राउ परेका छन्।पक्राउ पर्नेमा छेडागाड–५ का २२ वर्षीय अमर रावत रहेका छन् । रावतलाई सुर्खेत भेरीगंगा नगरपालिका–१२ छिन्चुबाट प्रहरीले पक्राउ गरी जाजरकोट प्रहरीलाई बुझाएको हो।
बहुविवाह कसुरमा जिल्ला अदालतले २०७३ साल चैत १५ गते २ वर्ष ६ महिना कैद र २५ हजार जरिबानाको फैसला सुनाएको थियो।प्रहरीले रावतलाई जिल्ला अदालतमा दाखिला गराएपछि अदालतले जिल्ला कारागार चलानका लागि पुनः आदेश दिएको हो।