२२ भाद्र २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई पक्षीय हवाई सम्झौता गर्न रुवाण्डाका राजदूतको प्रस्ताव



अ+ अ-

काठमाडौँ । रुवाण्डाका गैरआवासीय राजदूत जेक्युलिनी मुकाङ्गीराले नेपाल र रुवाण्डाबीच दुई पक्षीय हवाई उडानको सम्झौता गर्न प्रस्ताव राख्नुभएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग आज मन्त्रालयमा भएको शिष्टाचार भेटका क्रममा राजदूत मुकाङ्गीराले नेपाल र रुवाण्डाबीच अहिलेसम्म हवाई सम्झौता नभएकाले सम्झौताका लागि प्रस्ताव गर्नुभएको हो ।

भेटका क्रममा राजदूत मुकाङ्गीराले नेपाल र रुवाण्डाबीच हवाई सम्झौता गरिए पर्यटन प्रवद्र्धनमा फाइदा हुने भएकाले उक्त सम्झौता गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “रुवाण्डाका पर्यटक भित्र्याउनका लागि भए पनि नेपाल र रुवाण्डाबीच हवाई सम्झौता गर्न आवश्यक छ, यो सम्झौताले दुई देशको मित्रता पनि थप कायम हुनेछ ।” सोही भेटका क्रममा राजदूत मुकाङ्गीराले संस्कृति तथा पर्यटन क्षेत्रमा दुई पक्षीय सहयोग आदानप्रदान गर्न आग्रह गर्नुभयो ।

राजदूत मुकाङ्गीराले राख्नुभएको दुई पक्षीय हवाई उडानको सम्झौता प्रस्तावका बारेमा मन्त्री आलेले सकारात्मक रुपमा लिइएको र औपचारिक माध्यमबाट उक्त प्रस्तावको प्रक्रिया अगाडि बढाइने बताउनुभयो । उहाँले भन्नुभयो, “दुई पक्षीय हवाई उडानको सम्झौता प्रस्ताव हामीले सकारात्मक रुपमा लिएका छौँ, औपचारिक माध्यम तथा छलफलबाट प्रक्रिया अगाडि बढाउने छौँ ।” उक्त शिष्टाचार भेटका क्रममा मन्त्रालयका सचिव महेश्वर न्यौपाने तथा सहसचिव बुद्धिसागर लामिछानेको सहभागिता थियो । (रासस)