• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   ‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक ★   नासाद्वारा सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको दावी ★   तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ: उपसभापति वाग्ले ★   टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्योः रोहित ★   अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी ★   सिभिल सहकारीको सम्पत्ति हड्प्न सिभिल मलका मालिक लालकाजी र मिनाले मुद्दा हालेको पीडित बचतकर्ताहरुको आरोप ★   हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी ★   भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ ★   एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान ★   राप्रपा भक्तपुर अध्यक्षमा कार्की निर्वाचित

प्रधानमन्त्रीकै जिल्लामा नेपालीलाई शरणर्थी बनाउँदै, पैसाको लोभमा अमेरिका पठाउँदै





-द्रोण अधिकारी

भद्रपुर । अनियमितता, भ्रष्टाचार तथा अख्तियार दुरूपयोग नियन्त्रणको जिल्ला स्तरीय जिम्मेवारी पाएको जिल्ला प्रशासन कार्यालय झापा नेतृत्व आफ्नै जिम्मेवार कर्मचारीका गैरकानुनी कार्य रोक्न नसक्ने अवस्थामा पुगेको छ । आर्थिक चलखेलमा परेर नागरिकता बेच्नेदेखि नक्कली शरणार्थी बनाएर अमेरिका पठाउनेसम्मका गैर कानुनी काममा प्रशासनका जिम्मेवार कर्मचारी मुछिएपछि प्रशासनको नेतृत्वमाथि प्रश्न खडा भएको हो ।

आर्थिक चलखेल गरेर १६ विदेशीलाई झापाबाट नेपाली नागरिकता दिइएको घटना होस या प्रशासन कै मातहतमा रहेको झापा दमकको बेल्डागीस्थित शरणार्थी समन्वय इकाइ (आरसीयु) कार्यालयको नेतृत्वले गरेको तेस्रो देश पुनरबासका लागि शरणार्थी प्रमाणित गर्न लाखौं असुलेको घटना । यी दुबै घटनाले झापा प्रशासनभित्र अनियमितता र आर्थिक बिचलन तीब्र गतिमा बढिरहेको देखिन्छ । नागरिकता प्रकरणमा भएको अनियमितता छानविन गर्न गृहमन्त्रालयले टोली खटाएर काम सुरू गरे पनि नक्कली शरणार्थीि प्रकरणमा कुनै प्रकृया सुरू गरेको देखिँदैन ।

शरणार्थी समन्वय इकाइ संयोजक शाखा अधिकृत यज्ञ निरौलाले लाखौं रकम असुल्ने गरेको आरोप सहित जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । रकम तिर्न नसकेर अमेरिका जान नपाएका पीडित शरणार्थीले अधिकृत निरौला बिरूद्ध उजुरी दर्ता गरे पनि कारवाही प्रकृया अगाडि नबढेको पीडितको आरोप छ ।

किर्ते नागरिकता प्रकरणमा गृह मन्त्रालयले छानविन गरेर नागरिकता वितरणमा संलग्न तीन कर्मचारीलाई दुई हप्ता अगाडि निलम्बन गरी थप अनुसन्धान अघि बढाइएको छ । यस प्रकरणमा जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत गौरव ढुंगेल, नायब सुब्बा मेघराज निरौला र खरिदार तेजिन्द्र न्यौपानेलाई निलम्बन गरी छानबिन थालेको हो । अधिकृत ढुंगेल गत बैशाखमा किर्ते नागरिकता बनाउन खोज्ने कचनकवल गाउँपालिका २ बस्ने बमबहादुर गुरुङ र उनकी श्रीमती चन्द्रकला गुरुङले आफ्नो जेठो छोरा भन्दै भारतीय नागरिक भुपाल गुरुङलाई नेपाली नागरिकता बनाउन सम्पूर्ण प्रकृया पुर्याएर ल्याएको भन्दै पक्राउ गराएर चर्चा कमाएका व्यक्ति थिए ।

तर, उनको त्यो चर्चा पैसा लेनदेन नमिलेर मात्र बाहिर आएको रहस्य यतिखेर खुल्न गयो । गुरुङ जस्तै प्रकृया मिलाएर १६ जनालाईृ नागरिकता दिन अधिकृत ढुंगेल नायव सुब्बा मेघराज र खरिदार तेजिन्द्रसित किर्ते प्रकरणमा सामेल देखिए । अधिकांश नागरिकताको सनाखत खरिदार न्यौपानेले गराएको, नासु निरौलाले टिप्पणी पेस गरेको र प्रशासकीय अधिकृत ढुंगेलले जारी गरेको देखिएको छ ।

यस प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले थप छानबिन गरिरहेको छ । एक महिनाभित्र अनुसन्धान पूरा गर्ने गरी ४ असारमा गृह मन्त्रालयले प्रहरीलाई पत्राचार गरेको थियो । घटनाको छानबिनका लागि एक टोली झापामै पठाइएको छ  । झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने, ‘घटना प्रकरण अनुसन्धानका चरणमा रहेको भन्दै थप विवरण दिन मिल्दैन, अरू विषय अनुसन्धानकै क्रममा छ ।’

गृहमन्त्रालयको अनुसन्धान टोली २२ जेठमा झापा आएको थियो । जिल्ला प्रशासन कार्यालय झापाबाट नेपाली नागरिकता लिन सफल १६ जना गैरनेपालीको सूची लिएर मन्त्रालय गयो । भारतीय, भुटानी र तिब्बतीलाई नागरिकता दिइएको श्रोतको दाबी छ ।स्रोतका अनुसार पाँच जनाले ०७३ र ११ जनाले जेठ ०७६ मा नागरिकता लिएका छन् । गृहको छानबिनमा उनीहरू भारतीय, भुटानी र तिब्बती रहेको भेटिएको छ । यस प्रकरणमा भद्रपुर नगरपालिका–९, बिर्तामोड नगरपालिका–८ र साविकको शरणामति गाविसबाट उनीहरूलाई नागरिकता दिन सिफारिस गरिएको छ ।

प्रकरणमा सामेल ठानिएका भद्रपुर–९ का वडाध्यक्ष शनिलाल राजवंशी हाल नियमित वडाकै काममा सक्रिय छन् । तर, केही दिनयता कार्यालयमा उपस्थित नभएका बिर्तामोङ–८ का वडाध्यक्ष अजय कार्की भारतमा रहेको जनाइएको छ । नागरिकता दिलाउन उनले गैरनेपालीलाई आफैँ गाडीमा राखेर जिल्ला प्रशासन कार्यालयसम्म लैजाने गरेको छानबिनमा खुलेको छ । शरणामति गाविसबाट सिफारिस गरिएका नागरिकता सबै गुरुङ थरबाट लिइएका छन् । सबै नागरिकतामा बाबुआमाको नामसमेत एउटै कायम गरिएको पाइएको छ ।

१० वैशाख अपराह्न ४ बजे जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गौरव ढुंगेलले भारतको कानपुर जिल्ला, चमरमैना थाना मणिपुर बस्ने ३६ वर्षीय भूपाल गुरुङलाई प्रहरीको जिम्मा लगाएका थिए । उनको साथबाट प्रहरीले भारतको भोटर कार्डसमेत बरामद गरेको थियो । तिनै अधिकृत ढुंगेल गैरनेपालीलाई नागरिकता दिएको प्रकरणमा अहिले निलम्बनमा छन् । सोही दिन गुरुङको नागरिकतामा सनाखत गर्न गएका झापा कचनकवल गाउँपालिका–२ का ५५ वर्षीय बमबहादुर गुरुङ पनि पक्राउ परेका थिए । भूपाललाई आफ्नो छोरो बताउँदै बमबहादुर सनाखत गर्न गएका थिए । पक्राउ परेका सबैलाई कारागार चलान गरिएको थियो । तर कचनकवल गाउँपालिका–२ का वडाध्यक्ष मेखबहादुर भट्टराईले भूपालको नागरिकताका लागि सिफारिस बनाइदिएका थिए । वडासचिव हरि गौतमले जन्मदर्ता र सर्जिमिन मुचुल्का गरेको खुलेको थियो । त्यस प्रकरणमा दोषी देखिएका वडाध्यक्ष भट्टराई केही दिन फरार भए । अहिले वडाको काममा फर्किएका छन् । अदालतले पक्राउ पूर्जी जारी गरे पनि वडाध्यक्ष, वडा सचिव पक्राउ परेका छैनन् ।

अदालतले जारी गरेको पक्राउ पुर्जीमा वडा अध्यक्ष मेखबहादुर भट्टराई, वडा सदस्य धनबहादुर गुरुङ, कार्यालयका वडा सचिव हरिप्रसाद गौतम, कर्मचारी खगेन्द्रप्रसाद खतिवडा, कविता गुरुङ, गङ्गाप्रसाद भट्टराई, तुलसीराम गुरुङ, प्रेमप्रसाद तिम्सिना र शिवकुमार दाहालको नाम उल्लेख गरिएको थियो । राजनीतिक संरक्षका कारण अभियोग लागेका अधिकाम्स व्यक्ति कानुनी कारवाहीको दायरामा आउन नसकेको स्थानीयको भनाइ छ ।

३वर्ष अगाडि विर्तामोडको जग्गा काण्डमा नक्कली जग्गाधनी खडा गर्ने गिरोहमा पनि नक्कली नागरिकता प्रकरणमा यस प्रकरणका आरोपी खरिदार न्यौपाने संलग्न थिए । सो मुद्धाको अन्तिम किनारा लागि नसके पनि एक जना झापा कारागारमा कैद भुक्तानी गरिरहेका छन् ।