१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरपर्दो बन्दैछन् सर्पदंश उपचार केन्द्रहरु



अ+ अ-

भद्रपुर । सर्पले डसेका विरामीका लागि झापा जिल्लामा सञ्चालित उपचार केन्द्रहरु साधनस्रोतले न्यून सुविधायुक्त भए पनि भरपर्दो बनेका छन् ।झापाको मेचीनगर, कनकाई र दमक नगरपालिकामा तीन वटा सर्पदंश उपचार केन्द्र छन् । जहाँ सर्पले डसेका दुई हजारभन्दा बढी विरामीको वर्षेनी ज्यान बचाउने गरिएको छ ।

मेचीनगरको चारआलीस्थित नेपाली सेनाको श्रीनाथ गणमा रहेको सर्पदंश उपचार केन्द्र नेपालकै पुरानोमध्येको उपचार केन्द्र हो । सुरुमा सर्पले डसेका सैनिकको उपचार गर्न व्यारेकभित्रै खोलिएको यो केन्द्र वि।सं। २०६२ सालदेखि समुदायले सञ्चालन गर्दै आएको छ ।

सेनाकै प्राविधिकको सहयोगमा चल्दै आएको यस केन्द्रमा उपचारका लागि ताप्लेजुङ, पाँचथर, इलाम र भारतको दार्जीलिङदेखि सर्पदंशका विरामीको घुइँचो लाग्ने गरेको छ । चालु आर्थिक वर्षमा यहाँबाट एक हजार ४९० जनाले उपचार सेवा लिएको प्राविधिक ऋषिराम पोखरेल बताउनुहुन्छ ।

पश्चिम झापाको दमकमा नेपाल रेडक्रस सोसाइटीले सर्पदंश उपचार सेवा सञ्चालन गरेको एक दशकभन्दा बढी भयो । यहाँ चालू आर्थिक वर्षमा ८९० जना सर्पले डसेका विरामीले उपचार सेवा लिएको प्राविधिक खेम अधिकारीले जानकारी दिनुभयो ।

मध्य झापाको कनकाईमा सहारा नेपाल नामक गैरसरकारी संस्थाले सर्पदंशका विरामीका लागि तीन वर्ष अघिदेखि सुविधा सम्पन्न उपचार केन्द्र सञ्चालन गरिरहेको छ । कनकाई सहारा सर्पदंश उपचार केन्द्र सुरुंगामा विरामीको चाप केही कम छ । प्राविधिक सागर ढुङ्गेलका अनुसार चालु आवमा २५० जना सर्पले डसेका विरामीले यहाँबाट उपचार लिएका छन् ।

पूर्वी नेपालको तराईमा गोमन र करेत जस्ता अति विषालु सर्पको विगविगी हुने गरेको छ भने पहाडी भेगमा हरेउ र गुर्वे लगायतका विषालु सर्पले सर्वसाधारणलाई डस्ने गरेको छ । विषालु सर्पले डसेपछि बेलैमा उपचार केन्द्र नलगेमा विरामी मृत्युको मुखमा पुग्ने दमकका डा। अमृत पोखरेल बताउनुहुन्छ ।

कम विषालु र विष नभएका अन्य थुप्रै प्रजातिका सर्पहरुले पनि डसेपछि मानिसहरु अत्तालिएर उपचार केन्द्र पुग्ने गरेका छन् । गर्मी याममा प्राय सडकमा हिँड्दा, खेतबारीमा काम गर्दा, सुतेका बेला र दिसापिसाब गएका बेला सर्पले डस्ने गरेको पाइन्छ । विषालु सर्पले डसेका विरामीले ढिलो उपचार पाएमा पनि सर्पले डसेको अङ्ग काम नलाग्ने गरी जोखिम हुने गरेको चिकित्सकहरु बताउँछन् । सर्पदंशको सफल उपचार गरेर वर्षेनी दुई हजारभन्दा बढी सर्वसाधारणको ज्यान जोगाउने यस्ता उपचार केन्द्रहरुलाई साधनस्रोत र आधुनिक सुविधाले सम्पन्न तुल्याउन भने सरकारी निकायको ध्यान पुग्न नसकेको पत्रकार अर्जुन कार्की बताउनुहुन्छ ।

सबैभन्दा बढी विरामीको चाप हुने नेपाली सेनाको चारआलीस्थित श्रीनाथ गण परिसरमा सर्वसाधारणको चन्दा, स्थानीय तहका सरकारहरुको अनुदान र केही सांसदहरुको पहलमा विकास कोषबाट रु। ७५ लाखको लगानीमा भेन्टिलेटर सुविधासहितको आइसीयु कक्षका लागि भवन निर्माण गरिसकिएको छ । तर आइसीयु र भेन्टिलेटर सुविधाका लागि आग्रह गरिएको धेरै समय भइसक्दा समेत सरकारी तहबाट सहयोग नआएको छैन् ।