७ आश्विन २०८१, सोमबार
,
Latest
अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ आर्थिक स्रोतको बहस गर्न आवश्यक छः उपाध्यक्ष पाण्डे अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्दै काँग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको कथा बनाएः अध्यक्ष दाहाल भाषा, साहित्यको विकासमा राष्ट्रकवि घिमिरेको योगदान अतुलनीयः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिबियामा भएको हवाइ आक्रमणमा परी एक नेपालीको मृत्यु, थप छ जना आप्रवासीको क्याम्पमा



अ+ अ-

काठमाडौं । लिवियाको आप्रवासी हिरासत केन्द्रमा भएको हवाई आक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ । सो आक्रमणमा थप ८० जना घाइते भएका छन्।

राजधानी त्रिपोलीनजिकैको ताजोउरा डिटेन्सन सेन्टरमा बुधबार भएको हवाइ आक्रमणमा परी एक जना नेपालीको मृत्यु भएको छ।इजिप्टको कायरोस्थित नेपाली राजदूतावासका अनुसार उक्त आक्रमणमा मारिने ४३ जनामध्ये नेपालका सन्तोष श्रेष्ठ पनि छन्। अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम)ले श्रेष्ठको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको पुष्टी गरेको दूतावासले जनाएको छ।

आइओएमले दुई दिनअघि दूतावाससँग श्रेष्ठको ट्राभल डकुमेन्ट मागेको थियो। कुरियरबाट पठाउन ढिला हुने भएकाले दूतावासले आइओएमको कायरो कार्यालयमा उनको ट्राभल डकुमेन्ट पठाइदिएको थियो। तर उनी नेपाल फर्किन पाएनन्।दूतावासका अनुसार आठ जना नेपालीलाई लिबियाबाट उद्धार गरेर टर्की हुँदै नेपाल पठाइएको छ।

”थप छ जना नेपाली त्रिपोलीको आप्रवासी संगठनको क्याम्पमा छन्। जतिसक्दो चाँडो उनीहरूलाई नेपाल पठाउने प्रयास गरिरहेका छौं,’दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

दूतावासका अनुसार गत दुई महिनामा २६ नेपालीलाई लिबियाबाट उद्धार गरेर नेपाल पठाइएको छ। तीमध्ये धेरैजसो मानव तस्करीको जालोमा परेर लिबिया पुगेका थिए।

उक्त आक्रमणमा मारिनेमा नेपालीसहित अधिकांश अफ्रिकन आप्रवासी रहेका छन् ।पछिल्ला वर्षमा युरोप जान खोज्ने आप्रवासीका लागि लिबिया एउटा मुख्य प्रस्थानविन्दू बन्ने गरेको छ।

लिबिया लामो समय शासन गरेका मुअम्मर गद्दाफी सन् २०११ मा सत्ताच्युत भएपछि हिंसा र विभाजनबाट प्रताडित छ।

आपत्कालिन सेवा सम्बन्धी निकायका एकजना प्रवक्ता ओसामा अलीले समाचार संस्था एएफपीलाई बताए अनुसार प्रत्यक्ष हमला हुँदा १२० जना आप्रवासीहरू बन्द कोठाभित्र थिए। ‘आक्रमणमा थप आप्रवासी मारिएका हुन सक्छन् । किनकि, यो प्रारम्भिक तथ्यांक मात्र हो’, अलीले एएफपीसँग भनेका छन् ।

संयुक्त राष्ट्रसङ्घले सघाइरहेको प्रधानमन्त्री फयेज अल सेरा नेतृत्वको राष्ट्रिय सहमतिको सरकारले बुधवारको हमलाका लागि स्वघोषित लिबियन न्यासनल आर्मी (एलएनए) लाई दोष लगाएको छ।एलएनएले सोमवार गरेको एउटा घोषणामा युद्धका आफ्नाुपरम्परागत तरिका फेर्दै त्रिपोलीमा हवाई हमलाहरू गर्ने बताएको थियो।

अहिलेसम्म आक्रमण कसले गर्‍यो भन्ने खुलेको छैन । तर, संयुक्त राष्ट्रसंघको समर्थनप्राप्त सरकारका प्रधानमन्त्री फयज अल सेरराले घटनामा लिवियन नेशनल आर्मीको संलग्नता रहेको दाबी गरेका छन् । लिवियन नेशनल आर्मी आफ्नै देशको समर्थन प्राप्त सरकार हुनपर्ने माग उसको छ । यही माग राखेर यो संगठन संघर्षरत छ ।

बीबीसीका अनुसार, आप्रवासीका लागि लिविया हुँदै युरोप प्रवेश सहज छ । त्यसैले पछिल्लो समय अफ्रिकाका आप्रवासीहरु लिवियाको बाटो भएर युरोप छिर्छन् ।

निरंकुश शासक भएको आरोप त्यहाँका शासक मुअमर गद्दाफीमाथि लागे पनि उनको शासनकालमा लिविया अहिलेजस्तो कमजोर थिएन । सन् २०११ मा उनी मारिएपछि लिविया हिंसा र विभाजनको चक्रव्यूमा फसेको छ । आन्तरिक कारणले कमजोर लिवियाको फाइदा उठाउँदै पछिल्लो समय अफ्रिकन आप्रवासीले युरोप प्रवेशको गन्तव्यका रुपमा यसलाई उपयोग गर्दै आएका छन् ।