७ आश्विन २०८१, सोमबार
,
Latest
संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ आर्थिक स्रोतको बहस गर्न आवश्यक छः उपाध्यक्ष पाण्डे अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्दै काँग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको कथा बनाएः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राहुलको ‘ट्वीटर प्रोफाइल’ फेरियो



अ+ अ-

नयाँदिल्ली । भारतीय राष्ट्रिय काँग्रेसको अध्यक्षबाट राजिनामा दिनुभएका राहुल गान्धीले आफ्नो ट्वीटर ‘प्रोफाइल’ परिवर्तन गर्नुभएको छ ।

उहाँले आफ्नो ‘ट्वीटर प्रोफाइल’मा यसअघि ‘भारतीय राष्ट्रिय काँग्रेस अध्यक्ष’ लेख्नुभएकोमा अध्यक्ष पदबाट राजिनामा दिएपछि त्यसमा संशोधन गरी बुधबारदेखि भारतीय राष्ट्रिय काँग्रेसको सदस्य लेख्नुभएको छ ।

उहाँको ट्वीटर ‘अकाउन्ट’ मा “यो राहुल गान्धीको आधिकारीक ‘अकाउण्ट’ हो, भनी लेखिएको छ । प्रोफाइलमा भारतीय राष्ट्रिय काँग्रेसको सदस्य तथा संसद सदस्य भनेर पनि लेखिएको छ ।

उहाँले केही दिनमात्र अघि पनि आफू पार्टी अध्यक्ष अब धेरै दिन नरहने बताउनु भएको थियो । उहाँले चाडै नै पार्टीले नयाँ अध्यक्ष चयन गर्नुपर्नेमा पनि जोड दिनुभएको थियो ।

हालै भएको लोकसभा निर्वाचनमा काँग्रेस अधिकांश ठाउँमा पराजय भएपछि उहाँले त्यतिबेलै राजिनामाको घोषणा गर्नुभएको थियो ।

तर उहाँको राजिनामा अझै स्वीकृत भइसकेको भने छैन । कतिपय नेताहरुले उहाँलाई पार्टी अध्यक्षको जिम्मेबारी नछाड्न आग्रह पनि गर्दै आएका छन् ।

यता राहुलले भने आफूले राजिनामा दिए लगत्तै आफ्नो ट्वीटर अकाउन्टमा परिवर्तन गरिसरक्नु भएको छ ।

यस कारण पनि उहाँ अब पुनः अध्यक्षका रुपमा फर्किने सम्भावना कम रहेको विश्लेषकहरुको भनाई छ ।