७ आश्विन २०८१, सोमबार
,
Latest
बेलायतमा च्यानल पार गरेर आउने आप्रवासीको सङ्ख्या २५ हजार नाघ्यो गर्मीका कारण वीरगञ्जका विद्यालय दुई दिन बन्द गरिने साफ च्याम्पियनसिप फुटबल: नेपालद्वारा श्रीलंका पराजित चिनियाँ प्रविधियुक्त कारमा अमेरिकी प्रतिबन्धको बेइजिङद्वारा आलोचना संविधान संशोधन कांग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै होः प्रचण्ड काठमाण्डौ स्पाइकर्सको ट्यालेन्ट हन्ट इभेन्ट सम्पन्न, विजेता घोषित प्रभु बैंक लि. भिजा ईन्टरनेशनलद्धारा आयोजित भिजा लिडरसीप कनक्लेभ नेपाल २०२४ अन्तर्गत् दुई बिधामा सम्मानित ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना बालबालिकामा हुने क्यान्सरको उपचारका लागि चिकित्सक अभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

धर्मगुरु बम्जन तीन वर्षको लागि महाध्यानमा



अ+ अ-

काठमाडौं । धर्मगुरु गुरु रामबहादुर बम्जन तीन वर्षको लागि महाध्यानमा बसेका छन् ।

संघले बिहीवार राजधानीमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएको हो । विश्व शान्तिको निम्ति बम्जन पुनः महाध्यानमा बसेको संघले जनाएको छ ।

संघका अनुसार बम्जन कमलामाई नगरपालिका वडा नम्बर–८ पैरे सिन्धुलीमा रहेको आश्रम–काजोक्पामा ध्यानमा बसेका हुन् ।

उक्त महाध्यान समय अवधिभित्र अनेक विशिष्ट पूजाआजा र शिष्यहरुलाई धार्मिक प्रशिक्षण प्रदान गरिने पनि संघले जानकारी दिएको छ ।

कार्यक्रममा बोल्दै संघका केन्द्रीय अध्यक्ष निलबहादुर थिङले सम्पुर्ण जगत, संघ, धर्म र आम शुभचिन्तकहरुलाई गुरुले चालेको मार्गको बारेमा जानकारी गराउन पत्रकार सम्मेलन गरिएको बताए ।


उनले भने,‘अहिले गुरु महाध्यानमा हुनुहुन्छ । उहाँको सुरक्षाको निम्ति सम्पुर्ण धर्म अनुयायी, भक्त तथा सरकारसंग सुरक्षाको माग गर्दछौ ।’
पहिलेपनि गूरुले ध्यान लगायतका बिभिन्न स्वबचन तथा आध्यात्मीक कार्य गर्दे आएको जनाउदै २०६२ देखि २०६८ सम्म तपस्या गरिसकेको बताउदै विश्व शान्तीको महामैत्रीका निमित्त अहिलेको महाध्यान केन्द्रित रहने पनि उनको भनाई छ ।


जारी महाध्यानबाट सम्पूर्ण प्राणी जगत, वनस्पती जगत र सम्पुर्ण अस्तित्वले ज्ञान, पुण्य तथा मुक्तिमोक्षको लाभ लिन सकिने संघले जानकारी गराएको छ ।


पत्रकार सम्मेलनमा अनुयायीहरु सुन्दर तामाङ, शुभलाल थिङ, कृष्णबहादुर ग्याबक, वृषध्वज वाईवा, पनित महर्जन, मंगल महर्जन र ढुण्डी बम्जन लगायतको उपस्थिति थियो ।