७ आश्विन २०८१, सोमबार
,
Latest
बेलायतमा च्यानल पार गरेर आउने आप्रवासीको सङ्ख्या २५ हजार नाघ्यो गर्मीका कारण वीरगञ्जका विद्यालय दुई दिन बन्द गरिने साफ च्याम्पियनसिप फुटबल: नेपालद्वारा श्रीलंका पराजित चिनियाँ प्रविधियुक्त कारमा अमेरिकी प्रतिबन्धको बेइजिङद्वारा आलोचना संविधान संशोधन कांग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै होः प्रचण्ड काठमाण्डौ स्पाइकर्सको ट्यालेन्ट हन्ट इभेन्ट सम्पन्न, विजेता घोषित प्रभु बैंक लि. भिजा ईन्टरनेशनलद्धारा आयोजित भिजा लिडरसीप कनक्लेभ नेपाल २०२४ अन्तर्गत् दुई बिधामा सम्मानित ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना बालबालिकामा हुने क्यान्सरको उपचारका लागि चिकित्सक अभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

समायोजनका जान नेपाल प्रहरी तयार छ: महानिरीक्षक खनाल



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समायोजनका लागि नेपाल प्रहरीले आवश्यक आधार तयार पारिसकेको बताएका छन् ।

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा प्रहरी प्रमुख खनालले सैद्धान्तिक विषयमा निर्क्योल भएपछि आफुहरु कुनै पनि समयमा समायोजनका लागि तयार रहेको बताए । प्रदेश अनुसार आवश्यक पर्ने जनशक्तिको खाका तयार पारिएको र अहिले २६ हजार जनशक्ति प्रदेशमा पठाइसकिएको उनले स्पष्ट पारे ।

उनले भने, हामी प्रदेश प्रहरी समायोजनका लागि तयार छौँ । सैद्धान्तिक विषय मिल्ने बित्तिकै काम सकिन्छ । यो विषयमा निर्देशन आयो भने कुनै समस्या छैन । अहिले पनि २६ हजार प्रहरी कर्मचारी प्रदेशमा गएर काम गरिरहेका छन् ।

समिति सदस्य एवं पूर्व गृहमन्त्री जनार्दन शर्माले प्रदेश सरकार सरकार जस्तो नै नभएका कारण सर्वसाधरणमा राज्य सञ्चालन व्यवस्था प्रति नै आशंका उब्जिएकाले सक्दो छिटो प्रदेश प्रशासनले आफ्नो हातमा कामाण्ड लिएर जनतालाई विश्वस्त पार्ने वातावरण मिलाउनुपर्ने बताए । उनले कुन स्तरको पद सम्म प्रदेशमा भर्ना हुने र कुन स्तरको पद भन्दा माथिको संघमा भन्ने स्पष्ट पार्नुपर्ने बताए । त्यसैगरी तालिम भर्ती नीति , मापदण्ड लगायत विषयको टुंगो लगाउनुको साथै पुल र फाजिल दरबन्दीको सट्टा आवश्यक पर्दा परिचालन गर्ने गरि रिर्जभ को व्यवस्था मिलाउन सुझाव दिए ।

छलफलपछि कर्मचारी प्रहरीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफा ३ को उपदफा ५ र दफा १४ तथा अन्य विवादित विषयमा गृहमन्त्रालयले बिहीबार साँझ सम्म प्रतिवेदन तयार पारी समितिमा बुझाउने भएको छ ।

दफा १४ मा पुल दरबन्दी कायम हुने व्यवस्था गरिएको छ भने दफा ३ को उपदफा ५ मा ‘समितिले प्रदेश प्रहरी अन्र्तगतको कार्यालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी दरबन्दी सिफारिस गर्दा प्रदेश पहरीको पदमा कायम हुने नेपाल प्रहरीको दरबन्दी र पदसमेत एकिन गरी नेपाल प्रहरीको पद प्रमुख हुने प्रदेश प्रहरी कर्यालयमा संघीय कानुन बमोजिम अपराध अनुसन्धान गर्ने प्रयोजनको लागि आवश्यक संख्यामा नेपाल प्रहरीको दरबन्दी समेत रहने गरी सिफारिस गर्नुपर्नेछ’ भन्ने उल्लेख छ ।