११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

समायोजनका जान नेपाल प्रहरी तयार छ: महानिरीक्षक खनाल

समायोजनका जान नेपाल प्रहरी तयार छ: महानिरीक्षक खनाल
अ अ+ अ-

काठमाडौं । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समायोजनका लागि नेपाल प्रहरीले आवश्यक आधार तयार पारिसकेको बताएका छन् ।

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा प्रहरी प्रमुख खनालले सैद्धान्तिक विषयमा निर्क्योल भएपछि आफुहरु कुनै पनि समयमा समायोजनका लागि तयार रहेको बताए । प्रदेश अनुसार आवश्यक पर्ने जनशक्तिको खाका तयार पारिएको र अहिले २६ हजार जनशक्ति प्रदेशमा पठाइसकिएको उनले स्पष्ट पारे ।

उनले भने, हामी प्रदेश प्रहरी समायोजनका लागि तयार छौँ । सैद्धान्तिक विषय मिल्ने बित्तिकै काम सकिन्छ । यो विषयमा निर्देशन आयो भने कुनै समस्या छैन । अहिले पनि २६ हजार प्रहरी कर्मचारी प्रदेशमा गएर काम गरिरहेका छन् ।

समिति सदस्य एवं पूर्व गृहमन्त्री जनार्दन शर्माले प्रदेश सरकार सरकार जस्तो नै नभएका कारण सर्वसाधरणमा राज्य सञ्चालन व्यवस्था प्रति नै आशंका उब्जिएकाले सक्दो छिटो प्रदेश प्रशासनले आफ्नो हातमा कामाण्ड लिएर जनतालाई विश्वस्त पार्ने वातावरण मिलाउनुपर्ने बताए । उनले कुन स्तरको पद सम्म प्रदेशमा भर्ना हुने र कुन स्तरको पद भन्दा माथिको संघमा भन्ने स्पष्ट पार्नुपर्ने बताए । त्यसैगरी तालिम भर्ती नीति , मापदण्ड लगायत विषयको टुंगो लगाउनुको साथै पुल र फाजिल दरबन्दीको सट्टा आवश्यक पर्दा परिचालन गर्ने गरि रिर्जभ को व्यवस्था मिलाउन सुझाव दिए ।

छलफलपछि कर्मचारी प्रहरीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफा ३ को उपदफा ५ र दफा १४ तथा अन्य विवादित विषयमा गृहमन्त्रालयले बिहीबार साँझ सम्म प्रतिवेदन तयार पारी समितिमा बुझाउने भएको छ ।

दफा १४ मा पुल दरबन्दी कायम हुने व्यवस्था गरिएको छ भने दफा ३ को उपदफा ५ मा ‘समितिले प्रदेश प्रहरी अन्र्तगतको कार्यालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी दरबन्दी सिफारिस गर्दा प्रदेश पहरीको पदमा कायम हुने नेपाल प्रहरीको दरबन्दी र पदसमेत एकिन गरी नेपाल प्रहरीको पद प्रमुख हुने प्रदेश प्रहरी कर्यालयमा संघीय कानुन बमोजिम अपराध अनुसन्धान गर्ने प्रयोजनको लागि आवश्यक संख्यामा नेपाल प्रहरीको दरबन्दी समेत रहने गरी सिफारिस गर्नुपर्नेछ’ भन्ने उल्लेख छ ।