११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

सरकारले नेपालको वैदिक परम्पराकोे रक्षा गर्न सकेन– डा.महत

सरकारले नेपालको वैदिक परम्पराकोे रक्षा गर्न सकेन– डा.महत
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले सरकारले नेपालको वैदिक परम्परा, संस्कृति र हाम्रा आफ्ना मौलिक पहिचानहरुकै संरक्षण गर्न नसकेको बताएका छन् ।
नेपाल विद्यार्थी संघ सामुदायिक क्याम्पस समन्वय समितिद्वारा स्व.गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मदिनको अवसरमा आयोजित ‘नेपालको मौलिक धर्म संस्कृती र पर्यटन सम्बन्ध, संभावना र चुनौती’ विषयक कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै सहमहामन्त्री डा. महते सो धारणा राखेका हुन् ।
उनले भने– नेपालको संविधानले हरेक नेपाली नागरिकले आफ्नो सनातन वैदिक धर्म, संस्कार र परम्परालाई अंगाल्न पाउनेछ र यस्ता संस्कृतिको संरक्षण गर्ने दायित्व राज्यको हुनेछ भनेको छ, तर सरकारले रक्षा गर्न सकेको छैन ।
अहिले नेपालको आफ्नो मौलिक परम्परा र वैदिक सनातन धर्ममाथि चौतर्फी आक्रमण भइरहेको अवस्थामा संवैधानिक दायित्व पूरा गर्दै सरकारले यसको संरक्षण गर्नुपर्नेमा उल्टै रक्षक नै भक्षकजस्तो भएको आरोप उनले लगाए ।
सरकार आफै आयोजक भएर ‘होली वाइन्ड’ र यस्तै अरु काण्डहरु घटाउनु यसको एउटा ज्वलन्त उदाहरण हो– उनले भने ।
हरेक नागरिकले आफ्नो मौलिक धर्म संस्कृति, परम्परा, आफ्ना सांस्कारिक मान्यताहरुलाई स्वतन्त्रपूर्वक अपनाउने स्वातन्त्रता संविधानले दिएको भएपनि सरकारले नागरिकका यी अधिकारहरुमाथि नै धावा बोलेर हालैमात्र गुठी विधेयक ल्याएको प्रसंग उनले उल्लेख गरे ।
नेपाली काँग्रेसले सबै धर्म, संस्कृति, वैदिक परम्परा र सांस्कारिक मान्यताहरुको सम्मान गर्ने उनले बताए । तर कम्युनिष्टहरुमा यो सहिष्णुता पटक्कै नदेखिएको उनको टिप्पणी थियो ।
नेपालका सांस्कारिक मान्यता, वैदिक परम्परा र तीर्थस्थलहरु संसारकै समृद्ध रहेको उनको भनाई थियो ।
उनले भने– पशुपतिनाथ, माता जानकी, मुक्तिनाथ, लुम्बिनीलगायतका कैयौँ आश्थाका धरोहरहरु नेपालका मात्र नभएर संसारका नागरिकका पवित्रस्थल तथा आश्था हुन् ।
नेपालको भविश्य पर्यटनमा रहेको र त्यसमा पनि धार्मिक पर्यटन आर्काे एक अधिक सम्भावनाको क्षेत्र भएको भन्दै डा.महतले आवश्यक पूर्वाधारहरुको निर्माणमार्फत नेपालमा धार्मिक पर्यटक प्रवर्धनको खाँचो औँल्याए ।
तर डा.महतले वर्तमान सरकारले पूर्वाधार निर्माण या अरु कुनै पनि क्षेत्रमा स्वदेशी या विदेशी लगानी पनि ल्याउन नसकेको तर्क गरे ।
उनको तर्क थियो– नेपालमा विधिको शासन मिचिँदै छ, नागरिक स्वतन्त्रताको हनन् हुदैछ । यो वास्तविकता थाहा पाएका विदेशीले आफ्नो लगानीको सुरक्षा महसुश गरेका छैनन्, त्यसैले देशमा विदेशी लगानी आउन नसकेको हो ।
उनले यो सरकारले विदेशी लगानी ल्याउन नसक्ने र सरकारको समृद्ध नेपालको नारा नारामै मात्र सीमित हुने दाबी गरे ।