७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चारमन्त्री ‘विप्लव’विरुद्ध कड्किए : ‘चुनाव लड्ने हुति छैन, १२ वटा सिम फेरेर तर्साएर के हुन्छ’ ?



अ+ अ-

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले वार्तामा नआए विप्लव समूहले नै क्षति व्यहोर्नुपर्ने चेतावनी दिएका छन् । कार्यकर्ता छाड् भन्ने तर, हिंसा गरिरहने कार्य स्वीकार्य नभएको उनले बताए । मन्त्री बास्कोटाले भने, ‘लुटपाटको धन्दा जारी राख्नु हुन्छ भने क्षति व्यहोर्ने उहाँहरुले नै हो । हाम्रो अनुरोध छ, क्षतितर्फ नजानुस् । समय छ आउनुस् ।

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले विप्लव समूहले लुटपाटको धन्दा चलाएको र यो क्रमशः संगठित आतंकवादतर्फ उन्मुख रहेको भन्दै सरकारले जंगली राजलाई छुट दिन नसक्ने बताए । उनले भने, ‘किन भाग्नुभयो भने वार्तामा आउँदा त केही छैन माग्ने कुरा ।’

दुइ तिहाईको सरकार सिमलको भुवा जस्तो नभएको भन्दै उनले अघि भने, ‘चुनाव लड्ने हुति छैन, १२ वटा सिम फेरेर तर्साएर के हुन्छ ? यसबाट सरकार तर्सिँदैन ।’

रक्तपिपासु मानसिकता नेपाली समाजले अस्वीकार गरेको भन्दै मन्त्री बास्कोटाले क्रान्तिका नाममा स्कुल बन्द गराएर वितण्डा नमच्चाउन विप्लव समूहलाई चेतावनी दिए ।

उनले विप्लव समूहले प्रहरी दमन भन्दै वक्तव्यबाजी गरेकोमा समेत आक्रोश पोखे । मन्त्री बास्कोटाले अघि भने, ‘उहाँहरुले निर्दोष मान्छे मार्दा क्रान्ति र प्रहरीले पक्राउ गर्ने खोज्दा गोली चलाउँदा कोही झुक्किएर पर्न गयो भने दमन ?’

विप्लव समूहले क्रान्तिको नाममा लुटपाट र आतंक मच्चाइएको भन्दै यसमा सबै सचेत हुन जरुरी रहेको पनि बास्कोटाले बताए ।

‘लुटपाट र आतंकको धन्दा चम्मलको घाँटीजस्तो गरिरहे क्षति व्यहोर्ने उहाँहरुले हो । समय अझै छ । एउटा–एउटा मान्छेका पछि सरकार लाग्दैन’ मन्त्री बाँस्कोटाको भनाइ छ । अतिवाद र उग्रवाद नटिक्ने भन्दै उनले त्यस्ताहरु सकिएको उदाहरण सुनाए । उनले विप्लव समूहले क्रान्तिकारी भनेर दक्षिणपन्थको सेवा गरिरहेको आरोप समेत लगाए ।

फरक प्रसंगमा मन्त्री बास्कोटाले गुठी विधेयकबारे सरकारले यथोचित समाधान गर्ने बताए । ‘जमिन र संस्कृतिसँग जोडिएका विषय भएकाले सरकार यसको समाधान गर्छ’ मन्त्री बास्कोटाको भनाई छ ।

‘दुई तिहाइको सरकारले केके गर्न नपाउने हो लेखेर दिनुपर्यो । जहाँ संविधान र कानुनले दिएको अधिकार प्रयोग गर्ने कुरा छ त्यो सवै सरकारले गर्छन् नै यो सरकारले पनि गर्छ’ उनले जनताका कुरा सुन्ने बहस गर्ने काम यो सरकारले गरिरहेको बताए ।

आइफा अवार्ड विवादबारे मन्त्री बाँस्कोटाले सरकारले आइफा अवार्ड नेपालमा गर्न सैद्धान्तिक स्वीकृतिमात्र दिएको बताए । उनले आइफा अवार्डमा सरकार लगानीका बारेमा प्रवेश नै नगरेपनि सरकारले लगानी गर्ने भयो भनेर त्यसै हल्ला फिँजाइएको बताए ।

यो पनि

मन्त्रिपरिषदको गत असार १२ गते बसेको बैठकले विभिन्न १५ वटा निर्णय गरेको छ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले बिहीबार पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गरेका हुन् ।

जसअनुसार वागमती नदीको तटीय क्षेत्र सुधारका लागि एसियाली विकास बैंकसँग सहुलियत ऋण लिन अर्थमन्त्रालयका सहसचिवको नेतृत्वमा आठ सदस्यीय वार्ता समिति गठन गरिएको छ भने विभिन्न जर्मन सरकारको तर्फबाट हुने आर्थिक सहयोग लिन अर्थमन्त्रालयका सहसचिवलाई अख्तियारी दिइएको छ।

यस्तै गुठी तथा सरकारी जग्गाको छानविनका लागि गठित नेपाल प्रहरी सिआइबीको समितिको म्याद दुई महिना थप गरिएको बास्कोटाले जानकारी दिए । इन्जिनियरिङ्ग परिषद्को एनमा थप गरी राजपत्रमा प्रकाशित गर्ने निर्णय पनि भएको छ।

यसैगरी केन्द्रीय बालकल्यान समिति र जिल्ला बाल कल्याण समितिका कर्मचारीको समायोजन गर्ने निर्णय पनि बैठकले गरेको छ।

तीन जना महासेनानीलाई सहायक रथी दर्जामा पदोन्नती गरी पदस्थापन गर्ने तथा १६ जना सहायक रथीलाई सरुवा गर्ने निर्णय छ। प्राविधिक सहायक रथी कमाल सिंह प्रधान, प्राविधिक महासेनानी शरदलाल श्रेष्ठ र प्राविधिक प्रमुख सेनानी किरण श्रेष्ठलाई पदोन्नती गरी पदस्थापन गर्ने निर्णय गरिएको बास्कोटो जानकारी दिए ।


यता अवकास प्राप्त कर्मकारी र अन्यलाई तलब, भत्ताका लागि तीन करोड ८२ लाख रुपैंया नेपाल औषधि लिमेटेडलाई उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णय रहेको छ।


यस्तै मन्त्रिपरिषद्ले प्राविधिक महासेनानी डा मुकुन्द सिंह श्रेष्ठ र प्राविधिक प्रमुख सेनानी डा सुनिता पन्तलाई पदोन्नती गरी पदस्थापन गर्ने तथा प्राविधिक सहायक रथी डा अरुण कुमार न्यौपानेलाई सरुवा गर्ने निर्णय गरेको छ।

माथिल्लो चिरख्वा खोला जलविद्युत आयोजना ९४७० मेगावाट० को हेडवर्क्स र पाइपलाइन लगायत संरचना निर्माण गर्न भोजपुर जिल्लाको षडानन्द नगरपालिका १ र २ मा रहेको चौतारेस्थित राष्ट्रिय वन क्षेत्रको कूल ०।२२ हेक्टर जग्गा ३० वर्षसम्म प्रयोग गर्न र त्यहाँ रहेका ३५ वटा रुखविरुवा हटाउन स्वीकृति दिइएको बास्कोटाले जानकारी दिए ।