१९ भाद्र २०८३, शुक्रबार
,
Latest
ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङबेंसीमा मिनीट्रक दुर्घटना: एक जनाको घटनास्थमै मृत्यु, चालकसहित ३ जना घाइते



अ+ अ-

धादिङ । धादिङबेंसीबाट ज्वालामुखी जाँदै गरेको मिनीट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थमै मृत्यु भएको छ भने चालक सहित ३ जना घाइते भएका छन् ।

सदरमुकामबाट व्यापारिक सामान र व्यापारीहरु बोकेर जाँदै गरेको बा५ ख ९७५० नम्बरको ट्रक ज्वलामुखी–६ गैरीगाउँमा सडकबाट अनियन्त्रितभै १५ मिटर तल खसेको थियो।

उक्त दुर्घटनामा मृत्यु हुनेमा ट्रकमा सवार ३५ वर्षीय कृष्ण नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकोछ। सामान्य घाइते भएका चालक स्थानीय दिवाकर ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालकसँगै २४ वर्षीय विनु सुनार र उनकी ४ वर्षीय छोरी कपिया सुनार पनि सामान्य घाइते छन्।