काठमाडौं । नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउने गिरोहका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखा र महानगरीय ट्राफिक प्रहरी महाशाखाको संयुक्त टोलीले विशेष सूचनाको आधारमा काठमाडौं उपत्यकामा विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रामेछापका मुनाल कुमार मोक्तान, सिन्धुपाल्चोकका राजेश कुमार श्रेष्ठ, काठमाडौंका राधेश्याम नगरकोटी र रुपेश दर्जी रहेका छन् ।
उनीहरुको साथबाट यातायत ब्यबस्था बिभागको नगदी रसिद ६० थान , कम्प्युटर १ सेट ,प्रिन्टर थान १, अंग्रेजी मिति लेखिएको रबर स्टयाम्प, बिभिन्न ब्यक्तिहरुको नागरिकताको प्रतिलिपीलगायतका नक्क्ली लाइसेन्स बनाउन प्रयोग हुने सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका उनीहरुलाई उनीहरुलाई कारबाहीको लागी महानगरीय प्रहरी परिसर काठमाण्डौं पठाइएको छ ।