१९ भाद्र २०८३, शुक्रबार
,
Latest
ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली लाइसेन्स बनाउने गिरोहका ४ जना पक्राउ



अ+ अ-

काठमाडौं । नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउने गिरोहका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखा र महानगरीय ट्राफिक प्रहरी महाशाखाको संयुक्त टोलीले विशेष सूचनाको आधारमा काठमाडौं उपत्यकामा विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामेछापका मुनाल कुमार मोक्तान, सिन्धुपाल्चोकका राजेश कुमार श्रेष्ठ, काठमाडौंका राधेश्याम नगरकोटी र रुपेश दर्जी रहेका छन् ।

उनीहरुको साथबाट यातायत ब्यबस्था बिभागको नगदी रसिद ६० थान , कम्प्युटर १ सेट ,प्रिन्टर थान १, अंग्रेजी मिति लेखिएको रबर स्टयाम्प, बिभिन्न ब्यक्तिहरुको नागरिकताको प्रतिलिपीलगायतका नक्क्ली लाइसेन्स बनाउन प्रयोग हुने सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका उनीहरुलाई उनीहरुलाई कारबाहीको लागी महानगरीय प्रहरी परिसर काठमाण्डौं पठाइएको छ ।