११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

आइफा अवार्ड नेपालमा गर्न स्वीकृतिमात्र दिएको हो, सरकारले पैसा दिने भनेकै थिएनः सञ्चारमन्त्री

आइफा अवार्ड नेपालमा गर्न स्वीकृतिमात्र दिएको हो, सरकारले पैसा दिने भनेकै थिएनः सञ्चारमन्त्री
अ अ+ अ-

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आइफा अवार्ड विवादबारे मन्त्री बाँस्कोटाले सरकारले आइफा अवार्ड नेपालमा गर्न सैद्धान्तिक स्वीकृतिमात्र दिएको बताए । उनले नेपालमा आयोजना गर्नका लागि सरकारले पैसा दिने विषयमा कुराकानी नभएको बताए ।

बिहीबार साप्ताहिक पत्रकार सम्मेलनमा पत्रकारहरुले राखेको प्रश्नको जवाफ दिँदै मन्त्री बाँस्कोटाले आइफाका लागि सरकारले छलफल मात्र गरेको तर पैसा दिने कुरै नगरेको बताए। आइफा अवार्डमा सरकार लगानीका बारेमा प्रवेश नै नगरेको छैन् । उनले भने, सरकारले लगानी गर्ने भयो भनेर त्यसै हल्ला फिँजाइएको हो ।

गत साताको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले नै सरकारले आईफा आयोजना गर्नका लागि स्वीकृति प्रदान गरेको जानकारी गराएका थिए। त्यस लगत्तै काठमाडौं महानगरपालिकाले सो कार्यक्रम आयोजना गर्नका लागि ४४ करोड बढी रकम दिन लागेको कुरा बाहिरिएकसँगै विरोध सुरु भएको थियो।

उनले सञ्चालन गर्दा नेपाललाई पनि आर्थिक लाभ हुन्छ भनेर कार्यक्रम सञ्चालन गर्न दिने भनेका बताए । मन्त्री बाँस्कोटाले भने, ‘प्रस्तावहरु आउँछन्। मोडेलहरु टुंग्याउनुपर्छ। सरकारले छलफल मात्र गरेको हो।’

विरोधपछि चलचित्र विकास बोर्डको १९ औं वाषिर्कोत्सवका अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले आइफा अवार्डलाई नेपालमा आयोजना गर्नका लागि स्वीकृति दिने भनिएता पनि पैसा नै लगानी गर्ने भनने कुरा सरकारले नगेको बताएका थिए ।

उनले भने, आइफालाई १ अर्ब दिने निर्णय भयो भन्ने सुनेको छु, मैले मन्त्रिपरिषदको निर्णयको पाना पल्टाएर हेरेको छु । जम्मा एउटा वाक्य छ त्यसमा, आइफा अवार्डलाई नेपालमा आयोजना गर्नका लागि स्वीकृति दिने । त्यहाँ १ रुपैयाँ पनि दिने अनुमति भएको छैन ।’

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पनि सो कार्यक्रम आयोजना नगर्नका लागि सरकारलाई निर्देशन दिएको थियो।आइफा अवार्ड गर्दा नेपाललाई आर्थिक भार धेरै पर्ने समितिको मंगलबारको बैठकले ठहर गरेको थियो ।