११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

‘प्रहरी समायोजनका लागि तयारी अवस्थामा’

‘प्रहरी समायोजनका लागि तयारी अवस्थामा’
अ अ+ अ-

काठमाडौं । प्रहरी कर्मचारीलाई सङ्घ र प्रदेशमा समायोजन गर्न तयारी अवस्थामा रहेको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बताउनुभएको छ ।

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा प्रहरी महानिरीक्षक खनालले सङ्घीय संरचनाअनुसार २६ हजार प्रहरी कर्मचारीलाई प्रदेशमा खटाएर अभ्यास गरिरहेको जानकारी दिनुभयो ।

प्रहरी समायोजनका लागि तयारी अवस्थामा रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “हामी अहिलेदेखि नै अभ्यास गरिरहेका छौँ ।” उहाँले कुन प्रदेशमा कति प्रहरी कर्मचारी चाहिन्छ भनेरसमेत खाका तयार पारिसकेको जानकारी गराउनुभयो ।

सरकारले ल्याएको ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल चलिरहेको छ ।

गृहमन्त्री रामबहादुर थापाको उपस्थिति रहेको आजको बैठकमा महानिरीक्षक खनालले सैद्धान्तिक विषय मिल्ने बित्तिकै सबै काम टुङ्गिनेसमेत बताउनुभयो । छलफलमा समितिका सदस्य जनार्दन शर्मा, पम्फा भुसाल, अमरेशकुमार सिंहलगायतले भनाइ राख्नुभएको थियो ।

बैठकमा गृहसचिव प्रेमकुमार राईले समायोजनमा जाने प्रहरीको बढुवा र ग्रेडवृद्धि गर्न नसकिने धारणा राख्दै पदका विषयमा स्पष्ट निर्णय भएमा सहज हुने उल्लेख गर्नुभयो ।

बैठकमा सहभागी कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव धनराज ज्ञवालीले प्रदेश प्रहरीको सिङ्गो प्रारुप तयार गर्न सकिने अवस्था नरहेको उल्लेख गर्दैै प्रदेश प्रहरी सङ्गठन निर्माण गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । यसका लागि प्रदेश प्रहरी ऐन बन्नुपर्ने उहाँको भनाइ थियो ।