११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

चीनको आँधीबाट छ जनाको मृत्यु, दश हजार प्रभावित

चीनको आँधीबाट छ जनाको मृत्यु, दश हजार प्रभावित
अ अ+ अ-

शेनयाङ । चीनमा आएको आँधीले बिहीबारसम्म झण्डै दश हजार जना प्रभावित भएका छन् ।

देशको उत्तरी लिओनिङ प्रान्तमा बुधबार आएको आँधीका कारण नौ हजार नौ सय जना प्रभावित भएको अधिकारीले जानकारी दिएका हुन् । आँधीमा परी कम्तीमा छ जनाको मृत्यु भएको र अरु १९० भन्दाबढी घाइते भएको समाचारमा जनाइएको छ ।

स्थानीय कैयुना सहरमा प्रतिसेकेण्ड २३ मिटरको गतिमा स्थानीय समयअनुसार बुधबार बेलुका ५।१५ मा आँधी आएको थियो । प्रभावित क्षेत्रमा प्रहरी, अग्नि नियन्त्रक, स्वास्थ्यकर्मीलगायत विभिन्न क्षेत्रका गरी आठ सय भन्दा बढी उद्धारकर्मी खटिएका छन् ।

घटनास्थलमा खोजी तथा उद्धारकार्य अहिले पनि जारी रहेको स्थानीय अधिकारीले जानकारी दिएका छन् । उद्धारकर्मी विभिन्न दश ओटा समूह बनाएर खटिएको र उनीहरुले घटनास्थलमा मान्छेको खोजी तथा उद्धार गर्नुका साथै घाइतेको उपचार गर्ने, विद्युत लाइन जोड्ने, सडक खुलाउनेलगायतका काम गरिरहेका छन् ।

धेरै ठाउँमा अझै पनि सडक, विद्युतलगायतका सेवा अवरुद्ध रहेको प्रभावित क्षेत्रमा खटिएकाले जनाएका छन् ।आँधीका कारण औद्योगिक क्षेत्रमा रहेका एक दर्जन भन्दा बढी कारखाना भवन क्षतीग्रस्त भएका छन् ।

प्रकोपमा परी अरु ४३ सय घर भत्किएका छन् भने एक सय हेक्टर क्षेत्रफलमा रहेको बालीनाली पनि नष्ट भएको अधिकारीले जनाएका छन् ।

भत्किएका घरबाट झण्डै २१० जनालाई उद्धार गरिएको छ भने प्रभावित क्षेत्रबाट १६ सय जनालाई सुरक्षित स्थानमा लगिएको छ । उद्धार गरिएकामध्ये ६३ जनालाई अस्पताल भर्ना गरिएको स्थानीय सरकारले जनाएको छ ।