७ आश्विन २०८१, सोमबार
,
Latest
संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ आर्थिक स्रोतको बहस गर्न आवश्यक छः उपाध्यक्ष पाण्डे अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्दै काँग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको कथा बनाएः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्घाखाँचीमा टिपरको ठक्करबाट एकको मृत्यु, २ घाइते



अ+ अ-

अर्घाखाँची । अर्घाखाँचीमा टिपरको ठक्करबाट एकको मृत्यु भएको छ । जिल्लाको सितगंगा –२ सितापुर नेपानेका ५५ वर्षिय हरि वलीको मृत्यु भएको हो ।

दुर्घटनामा परि अन्य २ घाइते भएका छन् । घाइते हुनेमा मृतकको ५० वर्षिया श्रीमती सीता वली र कपिलवस्तु बुद्धभुमी १ भेलाईका ५० वर्षिय अटो चालक तारा बहादुर टण्डन रहेको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान गोरूसिङगेबाट बिरपुर जाँदै गरेको रा १ ख १६३९ नम्बरको टिपर र भेलाईबाट गोरूसिङगे जाँदै गरेको लु १ ह २५१२ नम्बरको अटोरेक्सा एक आपसमा ठोक्किएका हुन् । टिपरले अटोरेक्सालाई ठक्कर दिँदा अटोरेक्सामा सवार रहेका वलीको घटना स्थलमै मृत्यु भएको हो ।

घाइतेको ४ नम्बर सामुदायीक अस्पतालमा उपचार भइरहेको पथ्थरकोट प्रहरीले जनाएको छ ।