७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुणस्तर हिन सामान उत्पादन गर्ने ६७ उद्योग कारवाहीमा



अ+ अ-

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन वस्तु उत्पादन गर्ने ६७ उद्योगलाई कारवाही गरेको छ । विभागले चालू आर्थिक वर्षको जेठसम्म गुणस्तरविपरीत सामान उत्पादन गर्ने उद्योगलाई कारवाही गरेको हो । विभागले घोराही सिमेन्ट प्रालि दाङ, नारायणी माइक्रो पाइप उद्योग बारा, नव नेपाल प्लाष्टिक, नारायणी सिमेन्ट उद्योग बारा, होङ्सी शिवम् सिमेन्ट प्रालि, प्रिमियर वायर प्रालि विराटनगर, विश्वकर्मा सिमेन्ट प्रालि पर्सा, एशियन थाई फुड प्रालिलाई कारवाही गरेको हो ।

मेगा सिमेन्ट झापा, लक्ष्मी स्टिल प्रालि नवलपरासी, काठमाडौँ स्टिल प्रालि नवलपरासी, सुगा म्यानुफ्याक्चर, गोल्डेन ब्याट्री, गोरखकाली सिमेन्ट झापा, अन्नपूर्ण सिमेन्ट मोरङ, मारुती सिमेन्ट, ओम सिमेन्ट, जस्मिन पेन्टस् चितवन, नेपाल शालिमार सिमेन्ट, पशुपति पेन्टस्, अम्बे सिमेन्ट कारवाहीमा परेका छन् । यस्तै, शिखर केवल, प्रिमियर केवल, एभरेष्ट रोलिङ मिल्स, शिवशक्ति घ्यू उद्योग, जगदम्बा स्टिल, कमला रोलिङ मिल्स, लक्ष्मी स्टिल, नेपाल अम्बुजा सिमेन्ट, एशियन थाइफुड, युनिट वायर एण्ड केवल, मित्तल सिमेन्टलगायतलाई पनि कारवाही गरेको छ ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले मापदण्ड पूरा नगरी सामान उत्पादन गर्ने तथा गुणस्तरअनुरुप सामान उत्पादन नगर्ने उद्योगलाई कारवाही गरिएको बताउनुभयो । “कारवाही गरिएका अधिकांश उद्योगको इजाजतपत्र स्थगन गरिएको तथा उत्पादित वस्तु बिक्री वितरण रोकिएको छ”, उहाँले भन्नुभयो ।

कारवाही गरिएका उद्योगलाई गुणस्तरयुक्त सामान उत्पादन गर्न पत्राचार गरिसकेको उल्लेख गर्दै महानिर्देशक पुडासैनीले गुणस्तरयुक्त सामान उत्पादन नगरे लाइसेन्स नै खारेज गर्ने बताउनुभयो । विभागले हालसम्म देशभरका ६० वस्तुमा २५० उद्योगबाट उत्पादित झण्डै ४०० प्रकारका सामग्रीलाई लाइसेन्स प्रदान गरेको छ । विभागको टोली उद्योगमा गएर अनुगमन गर्ने तथा केहीलाई बजारमा अनुगमन गरेर मापदण्डविपरीत उत्पादन भएको भेटिएमा कारबाही गर्ने गरेको महानिर्देशक पुडासैनीले बताउनुभयो ।