१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक

संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन

संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन
अ अ+ अ-

काठमाडौँ : नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान तथा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावासको संयुक्त आयोजनामा आजदेखि काठमाडौँको नक्सालमा नेपाल र भारतका कलाकारले तयार पारेका कलाकृतिको प्रदर्शनी सुरु भएको छ ।

‘रामायण: साझा धरोहर’ शीर्षकको उक्त प्रदर्शनीको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उद्घाटन गर्नुभयो ।

उहाँहरूले यस्ता कला प्रदर्शनीले दुई देशको संस्कृति आदानप्रदानमा योगदान पुग्ने बताउनुभयो । सो क्रममा उहाँहरूले प्रदर्शनीको अवलोकनसमेत गर्नुभयो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले पछिल्लो समयमा विभिन्न देशसँग मिलेर कला प्रदर्शनी आयोजना गर्न थालिएको र यसबाट संस्कृति आदानप्रदानसँगै पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यस्ता प्रदर्शनीनले एक अर्काको कला सिर्जनाको सिकाइसमेत आदानप्रदान हुने र संस्कृति बुझ्ने मौका समेत मिल्ने उहाँको भनाइ छ । प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र थुम्केलीले प्रतिष्ठानले देशभित्रै र विदेशमा समेत आफ्नो गतिविधि फैलाउँदै लगेको र यसले ललितकला क्षेत्रलाई रुपान्तरण गर्ने योजना सार्थक बन्दै गएको बताउनुभयो ।

यही असोज १४ गतेसम्म हुने प्रदर्शनीमा नेपाली ४ कलाकारका ५ कलाकृति र भारतका ३० कलाकारका ४२ कलाकृति राखिएका छन् । भारतीय कलाकार गार्गी सेठ क्युरेटर तथा डाइरेक्टर रहनुभएको यस प्रदर्शनीमा कलाकारले रामायणसम्बन्धी चित्र सिर्जना गर्नुभएको छ ।रासस