२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यको उम्मेदवारी News Polar पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा News Polar दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय साँझ ६ बजेसम्म थपियो News Polar तीन वर्षदेखि नै महामन्त्रीमा उम्मेदवारी दिने तयारी थियो : नैनसिंह महर News Polar वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल News Polar जलवायु जोखिम न्यूनीकरणका लागि पूर्वाधारसम्बन्धी नीति परिवर्तन गरिँदै : मन्त्री लम्साल News Polar सहमहामन्त्रीमा देवेन्द्रराज कँडेलको उम्मेदवारी दर्ता News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर News Polar महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी News Polar उपसभापति (समावेशी) पदमा बिनोद चौधरीको मनोनयन दर्ता News Polar तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल News Polar सञ्चारमन्त्री तिमिल्सिना र सचिव पौडेलबीच कार्यसम्पादन सम्झौता News Polar दशैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाई सक्ने निर्णय News Polar कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य News Polar बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई ज्ञापनपत्र News Polar एक महिनापछि चल्यो हुम्लाको च्याममा फोरजी सेवा News Polar भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई बेलआउट दिन महासंघको माग News Polar नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौं : इन्डोनेसियाली पर्यटन उपमन्त्री

धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौं : इन्डोनेसियाली पर्यटन उपमन्त्री
अ अ+ अ-

काठमाडौं । इन्डोनेसियाको टुरिजम तथा क्रियटिभ इकोनोमी मन्त्रालयकी पर्यटन उपमन्त्री नी माडे आयु मार्थिनीले नेपालले पर्यटन क्षेत्रबाट प्रचुर लाभ लिन सक्ने भन्दै पर्यटन प्रवर्द्धनका लागि लाग्नुपर्ने बताउनु भएको छ ।

नेपाल भ्रमणका रहेका बेला गत हप्ता काठमाडौँमा न्यूजपोलारसँग भएको कुराकानीमा उपमन्त्री माडेले प्रकृतिले नै नेपाललाई प्रचुर अवसर दिएकाले यसको उपयोग नेपालले गर्न सक्ने बताउनु भएको हो । उहाँले इन्डोनेसियाको उदाहरण दिँदै नेपालमा कृतिम भन्दा प्राकृतिक उपहारहरु धेरै रहेकाले यसैलाई व्यवस्थित गर्दै पर्यटन प्रवर्द्धन गर्न सकिने सुझाव दिनुभयो ।

उहाँले आफु पहिलो पटक काठमाडाैँ आउदा बच्चादेखिको नेपाल आउने सपना पुरा भएको अनुभव पनि सुनाउनु भयो । उहाँले भन्नुभयो– मन्दिर नै मन्दिरको सहर काठमाडौँ मलाई बाली जस्तै लाग्छ । काठमाडौँ निकै भावपूर्ण र स्नेही लाग्छ उहाँले भन्नुभयो । नेपाल र इन्डोनेसिया हिन्दू र बौद्ध धर्माका लागि एक अर्काका लागि पर्याय हुने भन्दै उहाँले इन्डोनेसिया र नेपाल नागरिक तहमा नै सहज रुपमा जोडिन सक्ने धारणा राख्नुभयो ।

उपमन्त्री मार्थिनीले नेपालको कला, संस्कृति र सुन्दरताले आफू मोहित भएको बताउँदै नेपालको पर्यटन प्रवद्र्धनका लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
‘नेपाल साँच्चिकै सुन्दर देश रहेछ । यहाँको आतिथ्यता र यहाँका नागरिकको व्यवहारले म साँच्चिकै मोहित भएकी छु । नेपालमा पर्यटनको पर्याप्त सम्भावना देखेकी छु । नेपालको पर्यटन प्रवर्द्धनका लागि म आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ उहाँले भन्नुभयो ।

उहाँले पर्यटन प्रवर्द्धनमा नेपाललाई सहयोग गर्न तयार रहेको जानकारी गराउँदै केही सुझाबहरु पनि दिनुभयो । उहाँको भनाई थियो‐ नेपाल आफैमा पर्यटकका लागि प्रख्यात छ । यहाँको इकोसिस्टम नै आफैमा राम्रो छ । तर यसका लागि दक्ष जनशक्तिका साथ होटल रेष्टुरेन्ट, यातायात टुर गाइड, पर्यटकीय गन्तव्यहरुको परिचय सहज बनाउनुपर्छ । फोहर व्यवस्थापन तथा सेवा सत्कारमा सुधार गर्नुपर्छ । इन्डोनेसियाले यिनै विषयहरुलाई बढी प्रथामिकता दिएको छ । हामीसँग पनि पर्यटकीय विकासका अनुभव र उदाहरणहरु छन् ।

उहाँले पछिल्ला केही बर्ष यता नेपाली पर्यटकहरुको रोजाइमा इन्डोनेसिया पनि पर्ने गरेको जानकारी दिनुभयो । नेपालबाट इन्डोनेसिया जाने पर्यटकको संख्या सन् २०२२ को तुलनामा सन् २०२३ मा १८६ प्रतिशतले बढेको बताउनुभयो । साथे पर्यटक संख्या सन् २०२४ को जनवरीदेखि जुलाईसम्ममा सन् २०२३ को सोही अवधिको तुलनामा ५ हजार भन्दा बढीले अर्थात् ७०.४८ प्रतिशतले वृद्धि भएको पनि उहाँले जानकारी दिनुभयो । सन् २०२३ को सोही महिनाको तुलनामा नेपाल आउने पर्यटकको संख्या ९१.९ प्रतिशतले बढेको छ ।

उपमन्त्रीले इन्डोनेसिया भ्रमण गर्ने नेपाली पर्यटकको बढ्दो संख्याले आफूहरू उत्साहित रहेको पनि हामीसँगको कुराकानीमा बताउनुभएको थियो ।

पर्यटकको बढ्दो संख्याले इन्डोनेसिया नेपाली पर्यटकहरूका लागि अझ बढी लोकप्रिय हुँदै गइरहेको र साहसिक पर्यटनको नयाँ गन्तव्यको रूपमा पनि विकसित भइरहेको मार्थिनीले बताउनु भयो ।
नेपाली पर्यटकलाई इन्डोनेसिया जान अझै पनि सीधा सम्पर्कको सुविधा नरहेको उहाँको भनाई थियो । सिधा उडानका लागि र भिसाको सहजताका लागि पहल भैरहेको जानकारी दिदै उहाँले भन्नुभयो– नेपालसँग प्रत्यक्ष सम्पर्क नभए पनि अन्य सहर वा पर्यटकीय हब भएका देशहरू, जस्तै मलेसिया, सिंगापुर लगायतको कनेक्टिभिटीलाई उपयोग गर्नुपर्ने अबस्था छ ।

भिसा शुल्क र सीधा उडानका बारेमा इन्डोनेसिया सरकारले थप क्रियाशीलता लिएको उहाँको भनाई थियो । बाली र अरु पनि विभिन्न पाँच स्थानका पर्यटकीय गन्तव्यका लागि इन्डोनेसियाले काम गरिरहेको उहाँको भनाई थियो । उहाका अनुसार इन्डोनेसियामा लेक टोबा, बोरोबुदुर मन्दिर, मण्डलिका, लाबुआन बाजो र लिकुपाङका प्रमुख पर्यटकीय क्षेत्र छन् ।

उहाँले दुई देश मिलेर धार्मिक पर्यटन क्षेत्रको साझेदारीका साथ विकास गर्न सकिने धारणा पनि उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो‐ नेपालीहरु खास इन्डोनेसिया जानेमध्ये धेरैले बालीलाई रोज्ने गरेको हामीले पाएका छौँ । किनभने बाली धार्मिक सद्भाव कायम रहेको विश्वकै उत्कृष्टमध्येको एक सहर हो । यसको अध्ययनका लागि पनि विश्वका धार्मिक पर्यटन जाने गरेका छन् ।

त्यसैगरी इन्डोनेसियाका हिन्दू नागरिकहरु पनि काठमाडौँ आउन चाहने गरेका छन् । उनीहरुले काठमडौँलाई मन्दिरको सहर र नेपाललाई पशुपतिनाथको देश भनेर चिन्ने गरेका छन् । यसकारण पनि नेपाल र इन्डोनेसिया मिलेर काठमाडौँ र बालीको पर्यटन विकासका साझा कार्यक्रम पनि बनाउन सकिन्छ ।

पर्यटकीय हिसाबले हेर्दा इन्डोनेसिया र नेपालका बीचमा समानता रहेको उहाँको भनाई थियो । यसकारण पनि धार्मिक पर्यटनको विकासमा दुबै पक्ष मिलेर काम गर्न सकिने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो‐ पहिलो कुरा त हामीले काठमाडौँ आउन खोज्ने बालीका नागरिकलाई र बाली जान चाहने नेपालीहरुलाई सहजता प्रदान गर्नका लागि सीधा उडानको प्रबन्ध गर्न सकिन्छ । दोस्रो उनीहरुका लागि आपसमा भिसासम्बन्धी व्यवस्थालाई सहज र सर्वसुलभ बनाउन सकिन्छ । अनि तेस्रो कुरा के भने धार्मिक पर्यटनको विकासका लागि साझा धारणा र कार्यक्रमहरुका साथ अघि बढ्न सकिन्छ ।

उहाँले बाली जोन नेपालीहरुको बढ्दो संख्या देखेर आफू निकै उत्साहित भएको सुनाउँदै ती नेपाली पर्यटकहरूलाई सहज पहुँच प्रदान गर्न सरोकारवालाहरूसँग थप सहकार्यलाई जारी राख्ने प्रतिबद्धता पनि जनाउनु भयो ।