११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

अमेरिकामा दुई दशक यताकै सबैभन्दा शक्तिशाली भूकम्प

अमेरिकामा दुई दशक यताकै सबैभन्दा शक्तिशाली भूकम्प
अ अ+ अ-

काठमाडौं । अमेरिकास्थित साउदर्न क्यालिफोर्नियामा दुई दशक यताकै सबैभन्दा शक्तिशाली भूकम्प गएको छ । शुक्रबार ६.४ म्याग्नेच्युडको भूकम्प मापन गरिएको हो ।

उक्त भूकम्पको केन्द्रविन्दु लस एन्जलसबाट करिब अढाइ सय किलोमिटर उत्तरपूर्वमा रहेको रिजक्रेस्ट नगर नजिकै थियो।

अमेरिकाको स्वतन्त्रता दिवसको दिन नै आएको उक्त भूकम्प सो क्षेत्रमा दुई दशक यताकै शक्तिशाली मानिएको छ। रिजक्रेस्ट नगरमा उल्लेखनीय क्षति भएको स्थानीय भूगर्भविद प्राध्यापक जन रन्डलले बीबीसीलाई बताए।धेरै जनघनत्व भएका क्षेत्रभन्दा निकै पर केन्द्रविन्दु हुनु भाग्यशाली भएको उनले बताए।

उक्त नगर क्षेत्रको अग्नि नियन्त्रक विभागका अनुसार त्यहाँ दुई दर्जन आगलागीका घटना तथा त्यसबाट घाइते भएकाहरूको उपचारमा अग्निनियन्त्रक खटिएका छन्। रिजक्रेस्टको क्षेत्रीय अस्पतालबाट बिरामीलाई बाहिर निकालिएको जानकारीमा उल्लेख छ । उक्त अस्पतालले करिब दुई दर्जन मानिसको सामान्य उपचार गरेको जानकारी दिएको छ ।शहरका मेयर पेगी ब्रिडेनले सीएनएनलाई बताए अनुसार उक्त शहरमा संकटकालको घोषणा गरिएको छ ।

‘हाम्रो निम्ति भूकम्प त नौलो होइन। तर यति ठूलो भूकम्प बेहोर्न भने बानी छैन’, उनले भनिन्।’रिजक्रेस्ट निवासी स्टीभन साइक्स भूकम्पका बेला नुहाइरहेको बताउँछन्। पूरै घर बेस्सरी हल्लियो अनि हामी बाहिर सडकतिर भाग्यौँ। शायद पन्ध्र बीस सेकेन्डसम्म यस्तो भयो। निकै डर लाग्यो’,उनले बीबीसीलाई बताए।

‘अरू भूकम्प आउलान् कि भनेर हामी तयारी गर्दैछौँ। सामानहरू भूइँतलामा ओसार्दैछौँ अनि ग्यास लाइन बन्द गरेका छौँ। राति हामी बाहिरै सुत्छौँ होला’, उनले भने।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले स्थिति नियन्त्रणमा रहेको भन्दै ट्वीट गरेका छन्।अमेरिकी भूगर्भ निकाय युएसजीएसका भूकम्पविद लुसी जोन्सले कैयौँ परकम्प आउन सक्ने बताइन्। तीमध्ये केही शक्तिशाली हुन सक्ने उनले बताइन्।

करिब २८ हजार जनसङ्ख्या भएको रिजक्रेस्ट नगरका एकजनाले त्यहाँको एउटा किनमेल केन्द्रमा भूकम्पका कारण सबै सामान भूइँमा झरेको फोटो ट्वीट गरेका छन्।