१९ भाद्र २०८३, शुक्रबार
,
Latest
शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने भोटेकोशीको उर्लंदो भेलमा बगेका सपना र भग्नावशेषको डिलमा आँशुः जब ओलीले सुने बगर बनेको बस्तीका… न सास भेटियो, न लाश : कुशको शव बनाएर आफन्तलाई अन्तिम बिदाइ दार्चुलाकाे चौलानी नदी पहिरोले आधा थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै सहकारीमा अन्योल र दोहोरोपन हटाउन दुईवटा नयाँ ऐन ल्याईंदै : सचिव भुजेल बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व मन्त्रीसहित समाजवादी पार्टीका असन्तुष्ट ५० भन्दा बढी नेता नेकपामा प्रवेश



अ+ अ-

काठमाडौं । सङ्घीय समाजवादी फोरम नेपालसँग एकीकरण गरेका तत्कालीन नयाँ शक्ति पार्टीबाट ५० जनाभन्दा बढी नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

शुक्रवार धुम्बराहीस्थित नेकपा पार्टी कार्यालयमा औपचारिक कार्यक्रमबीच तत्कालीन नयाँ शक्ति नेपालका सचिवालय सदस्य कल्पना धमला, अर्का सचिवालय सदस्य देवेन्द्र पराजुलीलगायतका नेता तथा कार्यकर्तालाई नेकपामा प्रवेश गराइएको हो ।

कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धमला र पराजुलीसहित नेता तथा कार्यकर्तालाई स्वागत गरेका थिए ।

त्यस्तै मनु हुमागाइँ, भूमि देवकोटा, गोकुल केसी, अशोक पाण्डे, नवीन तामाङ, हरिमाया खत्री, प्रकाश सापकोटा, कुमार तिवारी, नकुल थापा, अशोक बस्नेत, प्रकाश लम्साल, बिनोद कार्की, रमेश देवकोटा, होमप्रसाद न्यौपाने, अञ्जना श्रेष्ठ, मनिषा कँडेल, नवराज पाण्डे, हरिभक्त आचार्यलगायत पनि नेकपामा प्रवेश गरेका छन् ।