७ आश्विन २०८१, सोमबार
,
Latest
संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ आर्थिक स्रोतको बहस गर्न आवश्यक छः उपाध्यक्ष पाण्डे अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्दै काँग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको कथा बनाएः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व मन्त्रीसहित समाजवादी पार्टीका असन्तुष्ट ५० भन्दा बढी नेता नेकपामा प्रवेश



अ+ अ-

काठमाडौं । सङ्घीय समाजवादी फोरम नेपालसँग एकीकरण गरेका तत्कालीन नयाँ शक्ति पार्टीबाट ५० जनाभन्दा बढी नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

शुक्रवार धुम्बराहीस्थित नेकपा पार्टी कार्यालयमा औपचारिक कार्यक्रमबीच तत्कालीन नयाँ शक्ति नेपालका सचिवालय सदस्य कल्पना धमला, अर्का सचिवालय सदस्य देवेन्द्र पराजुलीलगायतका नेता तथा कार्यकर्तालाई नेकपामा प्रवेश गराइएको हो ।

कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धमला र पराजुलीसहित नेता तथा कार्यकर्तालाई स्वागत गरेका थिए ।

त्यस्तै मनु हुमागाइँ, भूमि देवकोटा, गोकुल केसी, अशोक पाण्डे, नवीन तामाङ, हरिमाया खत्री, प्रकाश सापकोटा, कुमार तिवारी, नकुल थापा, अशोक बस्नेत, प्रकाश लम्साल, बिनोद कार्की, रमेश देवकोटा, होमप्रसाद न्यौपाने, अञ्जना श्रेष्ठ, मनिषा कँडेल, नवराज पाण्डे, हरिभक्त आचार्यलगायत पनि नेकपामा प्रवेश गरेका छन् ।