७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन् २०१९ को पहिलो छ महिनामा ३८ पत्रकार मारिए



अ+ अ-

जेनेभा । सन् २०१९ को पहिलो छ महिनामा विश्वका विभिन्न २० मुलुकमा गरी ३८ पत्रकार मारिएका जेनेभास्थित ‘प्रेस इम्ब्लेम क्याम्पियन’ (पीइसी) ले बिहीबार जनाएको छ ।

सन् २०१८ को तुलनामा विभिन्न घटनामा मारिने पत्रकारको सङ्ख्यामा ४२ प्रतिशतको कमी देखिएको पीईसीको तथ्याङ्कमा उल्लेख छ । पीईसीले पत्रकारहरूको हत्यामा कमी आउनुलाई सकारात्मक भनेको छ ।

उक्त संस्थाले अझै पनि मेक्सिको र अफगानिस्तानमा मारिने पत्रकारको सङ्ख्या कहाली लाग्दो रहेको बताएको छ । सन् २०१९ को जनवरीदेखि जुनसम्ममा विभिन्न खाले घटनामा गरी मेक्सिकोमा नौ र अफगानिस्तानमा छ पत्रकार मारिएका जनाएको छ ।

अफगानिस्तानमा आतङ्कवादी समूह र मेक्सिकोमा आपराधिक समूहलाई सञ्चारकर्मीद्वारा गरिने धम्की र चेतावनीका कारण ठूलो धनराशी खर्चिनुपर्ने अवस्था देखिएको पनि पीइसीले उल्लेख गरेको छ ।
पीईसी महासचिव ब्लाइस लेम्पेनले भने, “सम्बन्धित देशको सङ्घसंस्थाले सञ्चारमाध्यम तथा त्यहाँ कार्यरत पत्रकार र अन्य सञ्चारकर्मीको सुरक्षाको प्रत्याभूत गर्न असफल हुँदा वा आवश्यक कानूनी प्रक्रियामा लान असफल बन्दा यसलाई हेर्न र दण्डहिनताविरोधी सङ्घर्षका लागि अन्तर्राष्ट्रिय समुदायले स्वतन्त्र संरचनाको स्थापना गर्नुपर्ने देखिएको छ ।”

उनले भने, “क्षेत्रीयस्तरमा हेर्दा ल्याटिन अमेरिकी मुलुकहरूमा सन् २०१९ को पहिलो छ महिनामा अन्य क्षेत्रको तुलनामा सबैभन्दा धेरै १५ जना पत्रकार मारिएका छन् भने यससम्बन्धी मध्यपूर्वको तथ्याङ्कमा सुधार आएको देखिएको छ ।”

मध्यपूर्वी मुलुक सिरिया र इराक पछिल्लो समय द्वन्द्वका घटनामा पनि कमी आएको र पत्रकारहरूमाथिको आक्रमण पनि तुलनात्मक रूपमा कम बनेको देखिएको हो ।सरकार, विभिन्न संघसंस्था तथा नागरिक समाजले पत्रकारमाथिको आक्रमणलाई कमी गर्न पत्रकारको सुरक्षामा ध्यान दिनुपर्ने र यसबाट आधाभन्दा बढी पत्रकारको हत्यामा कमी ल्याउन सकिने भन्दै गत बर्ष पीईसीले सोही अनुरूप अघि बढ्ने कार्यक्रमको लक्ष्य निर्धारण गरेको थियो ।

सन् २०१४ मा स्थापना भएको अन्तर्राष्ट्रिय पत्रकारहरूको समूह पीईसी गैर–सरकारी संस्था हो जसले संयुक्त राष्ट्रसंघसँगको विशेष परामर्शमा पत्रकारलाई वैधानिक संरक्षण तथा सुरक्षाका लागि द्वन्द्वरत क्षेत्रमा काम गर्दै आएको छ ।